News

Aug 16, 2012

दुई सुरक्षाकर्मी सहितको रात्री बस शुक्रबारबाट राजधानीमा सञ्चालन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुई सुरक्षाकर्मी सहितको रात्री बस शुक्रबारबाट राजधानीमा सञ्चालन हुने भएको छ । राजधानीका विभिन्न रुटमा बेलुका ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा रात्री बस सञ्चालन हुने भएको हो । लामो समयसम्मको प्रयासपछि आज राजधानीमा पत्रकार सम्मेलन गरी महानगरपालिकाले ८ देखि ११ बजेसम्म चक्रपथ र भित्री सडकका विभिन्न ठाउँमा १४ ओटा रात्री बस सञ्चालन हुने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार प्रत्येक रात्री बसमा यात्रुको सुरक्षाका लागि सहियार सहितका दुई जना सुरक्षाकर्मी तैनाथ गरिने छ । वैशाख १ गतेदेखि सञ्चालनमा ल्याउँने भनिएको रात्री बस सेवा भोलीबाट सुरु हुने भएको हो । शुक्रबार साँझ ७ बजे उपप्रधान तथा परराष्ट्रमन्त्री नायारयणकाजी श्रेष्ठले रत्नपार्कबाट रात्री सेवाको बसको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ महानगरपालिकाले यातायात व्यवसायीलाई ४५ लाख रुपयाँ अनुदान दिएलगत्तै रात्री सेवाको बस सञ्चालनमा आउँने भएको हो । सुरक्षाको हिसाबले संवेदनशील हुने यात्रामा सुरक्षका लागि हतियार र सञ्चार सेटसहितका दुई जना सुरक्षाकर्मी र सीसीटीभी जडान हुने समेत जानकारी पत्रकार सम्मेलनमा गराइएको छ । अझ यात्रुको सहज सुविधाका लागि दिउँसोकै भाडा दरमा रात्री सेवा सञ्चालन हुने भएको छ ।

No comments: