News

Aug 26, 2012

इन्डोनेसियामा चिहानको लास झिकेर चिरिच्याट्ट पार्छन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अचम्म नमान्नु होला इन्डोनेसियामा सयौँ वर्षदेखि चिहानको लासलाई झिकेर शृङ्गार पटार गरेर चिरिच्याट्ट पार्ने प्रचलन रहेको छ । इन्डोनेसियामा सयौँ वर्ष अघि देखि यस्तो संस्कारको अभ्यासले अझैसम्म निरन्तरता पाइरहेको हो । मृत मानिसको लासलाई नकुहिने गरि चिहानमा सुरक्षित गरेर विशेष संस्कृतिका अवसरमा उक्त लासलाई झिकेर विभिन्न खालका शृङगारले सिगारेर चिरिच्याट्ट पार्ने प्रचलन रहेको हो । यस्तो प्रचलन इन्डोनेसिया बाहेक इजिप्टमा समेत पहिले देखि नै रहेको छ । इन्डोनेसियाको भने तोरजा जिल्लामा मात्र मृत शरीरलाई नकुहिने गरी चिहानमा राखेर विशेष अवस्थामा चिहानबाट लास झिकेर शृङ्गा पटार पछि सहर परिक्रम गराउँने प्रचलन रहेको छ । मृत मानिसको लासलाई चिहानबाट सुरक्षित ढङ्गले निकालेर उक्त शरीरलाई ‘ममी’ मा परिणत गरि सहर घुमाउँने प्रचलन रहेको हो । लासमाथि नयाँ लुगा र विभिन्न खालका शृङ्गार लगाइदिएर गाउँ अथवा सहर घुमाउँने परम्पराले आजसम्म समेत निरन्तरता पाइरहेको छ । मृतकका आफन्तले चिहानबाट झिकेको लासलाई गाउँमा घुमाउँने क्रममा भावुक मुद्रामा प्रस्तुत हुने गर्छन । यो संस्कार पुरानो भएकाले मृतकका आफन्तले निरन्तरता दिदै आएको विभिन्न समाचार संस्थाले उल्लेख गरेका छन् । सुन्दा कथा अथाव अनौठो कहानी लाग्ने जस्तो यो संस्कालाई इन्डोनेसियाका स्थानीय बासिले भने रिन्तरता दिइरहेका छन् । सामान्यतया मृत मान्छेलाई छुन डराउँने संस्कारमा बसेका मानिसहरुलाई यो समाचारले अचम्मित पार्ने देखिन्छ ।

No comments: