News

Aug 26, 2012

चन्द्रमामा पुग्ने पहिलो व्यक्ति नील आर्मस्ट्रंगको निधन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अमेरिका - चन्द्रमामा पुग्ने पहिलो अन्तरिक्ष यात्री नील आर्मस्ट्रंगको निधन भएको छ । सन् १९६९ को जुलाईमा अपोलो ११ मिशनको नेतृत्व गर्दै चन्द्रमामा पुगेका अमेरिकी अन्तरिक्षयात्री आर्मस्ट्रंगको गत अगष्ट ७ तारीखको दिन मुटुको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पुर्णरुपले सफल हुन नसकेपछि मुटुकै समस्याको कारण ८२ वर्षको उमेरमा उनको निधन भएको हो । अमेरिकी युद्धका विमानका चालक आर्मस्ट्रंगले एरोनोटिकल इन्जिनियरिङ अध्ययनका क्रममा विभिन्न शोध परियोजनाहरुमा काम गरेका थिए । अमेरिकी नौसेनाको फाईटर जेट उडाँउदै गर्दा उनलाई अमेरिकी अन्तरीक्ष एजेन्सी नासामा आवद्ध गरिएको थियो । सन् १९६२ मा नासासँग आवद्ध हुनुअघि आर्मस्ट्रंगले सन् १९५० को कोरीयन युद्धमा नेभी फाईटर जेट उडाएका थिए । आर्मस्ट्रंगले आजभन्दा ४२ वर्ष अगाडि चन्द्रमामा पहिलो पटक पाईला टेक्दा विश्वका करोडौं जनताले टेलिभिजनमार्फत उनलाई प्रत्यक्ष हेरेका थिए । सहयात्री ईड्विन बज एल्ड्रिनसँगै चन्द्रमामा पाईला टेकेका आर्मस्ट्रंगले चन्द्रमामा तीन घण्टा बिताएका थिए भने पहिलोपटक चन्द्रमाको सतहका विभिन्न तस्विरहरु लिएका थिए । नासाबाट विदा भएपछि उनले एरोनोटीकल ईन्जिनियरीङको अध्यापनमा सम्पुर्ण जिवन खर्चीएका थिए ।

No comments: