News

Aug 17, 2012

नेकपा-माओवादीले पुष २५ गते पार्टीको महाधिवेशन गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा-माओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादीले पुष २५ गते पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ । नेकपा–माओवादीले आज बुद्धनगरस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर पुष २५ गतेदेखि राजधानीमा महाधिवेशन गर्ने जानकारी दिएको हो । महाधिवेशनका लागि नेकपा माओवादीले सचिव नेक्रविक्रम चन्दको नेतृत्वमा ११ सदस्यीय महाधिवेशन मुल आयोजक समिति समेत गठन गरेको छ । माओवादीले पार्टीको विधान, सांगठनिक र राजनीतिक प्रतिवेदन तयार पार्ने जिम्मा पदाधिकारीलाई दिइएको छ । बुद्धनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता पम्फा भुसालले महाधिवेशनको मिति सार्वजनिक गर्दै एमाओवादी क्रान्तिकारी कार्यदिशामा आएमा पार्टी एकताको ढोका जहिल्यै पनि खुल्ला हुने बताइन् ।

No comments: