News

Aug 25, 2012

पत्रकारलाई अपहरण गरेर ल्याउँदै गरेका दुई अपहरणकारी पक्राउ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बिहारको प्रभात खबर पत्रिकाका एक पत्रकारलाई अपहरण गरी नेपाल ल्याउँदै गरेका दुई जना अपहरणकारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पिप्राका २२ वर्षीय हरेराम निराला र बलराम कुमार यादव रहेका छन्। उनीहरु बिना हेल्मेट बीआर ३२ एफ ९४८५ नम्बरको भारतीय मोटरसाइकलमा पत्रकारलाई बन्धक बनाएर ल्याउँदै गर्दा उनीहरुलाई सिरहा प्रहरीले पक्राउ गरेको डीएसपी कृष्णहरि शर्माले जानकारी दिनुभयो। अपहरणकारीले प्रभात खबर पत्रिकाका पत्रकार जयानन्द महतोलाई अपहरण गरेर ल्याएको हो। 'यी दुबैले मलाई अपहरण गरेर ल्याएको हो,' महतोको कुरा उद्धृत गर्दै डीएसपी शर्माले भन्नुभयो, 'मलाई बचाइदिनुहोस्।' अपहरणकारीले गुहार गरेपछि हामीले निगरानीमा लिएर अनुसन्धान थालेको डीएसपी शर्माले बताउनुभयो। के कारणले पत्रकार अपहरण गरेको भन्नेबारे केही नखुलेको प्रहरीले जनाएको छ।

No comments: