News

Aug 26, 2012

ट्राफिक प्रहरीद्वारा राजधानीमा प्लास्टिकको डिभाइडर राख्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीमा प्लास्टिकको डिभाइडर राख्न सुरु गरेको छ । सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मानवीय क्षति कम होस् भन्ने उद्देश्यले सडकमा प्लास्टिकको डिभाइडर राख्न सुरु गरेको ट्राफिक प्रहरीको भनाई छ । महाशाखाले हिल्टेक कम्पनीले उपलब्ध गराएको ६० वटा प्लास्टिकका डिभाइडर शनिबार सिंहदरबारको पश्चिम पृथ्वीनारायण शाहको सालिकदेखि दक्षिण रामशाहपथमा राखी सकेको छ । सडकमा राखिएका कंक्रिट (सिमेन्ट) का डिभाइडरमा ठोक्किँदा धनजनको क्षति हुने भएकाले त्यसलाई रोक्न ट्राफिक प्रहरीले प्लास्टिक डिभाइडर राख्ने कार्यको सुरुआत गरेको जनाएको छ । अँध्यारामा समेत स्पष्ट देखिने पहेँला रङका डिभाइडरमा पानी वा बालुवा भरेर राखिने जनाइएको छ । विदेशमा पनि यस किसिमका प्लास्टिकका डिभाइडर सडकमा राख्ने गरिएको छ ।

No comments: