News

Aug 29, 2012

जुत्तामा बुद्धको तस्बिर राखेकामा दुःख व्यक्त

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संयुक्त राज्य अमेरिकाको जुत्ता उत्पादक कम्पनी आइकोन सु डिजाइनले उत्पादन गर्ने जुत्तामा भगवान् गौतम बुद्धको तस्बिर राखेकामा त्रिभुवन विश्वविद्यालय केन्द्रीय बौद्ध अध्ययन विभागले दुःख व्यक्त गरेको छ । विभागले विश्वमा शान्तिको सन्देश फैलाउने नेपालका राष्ट्रिय विभूति गौतम बुद्धको तस्बिरलाई जुत्तामा राखेर उनको अपमान गरेको ठहर गरेको छ । सो कार्यले विश्वका बौद्ध अनुयायीको आस्था र भावनामा चोट पुर्‍याउने र धार्मिक सद्भाव खलबलिन सक्ने भन्दै अविलम्ब त्यस्ता कार्य बन्द गर्न सम्बन्धित कम्पनीलाई विभागले आग्रह गरेको छ । विभागका प्रमुख डा मिलनरत्न शाक्यले कम्पनीले व्यवसायिक प्रायोजनका लागि बुद्धलाई मात्र नभएर कुनै पनि धर्मका संस्थापक एवम् धर्मगुरुलाई जुत्तामा प्रतिबिम्बन गरेर सम्बन्धित अनुयायीलाई ठेस पुर्‍याउन नहुने बताउनुभयो ।

No comments: