News

Aug 3, 2012

एकै परिवारका चारको मृत्यु श्रीमती पुरिए, श्रीमान् जोगिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन १९ गुल्मीको ठूलो लुम्पेकमा आज बिहान पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ। मर्नेमा घनश्याम विककी श्रीमती र दुई छोरी, एक छोरा रहेको इलाका प्रहरी कार्यालयका रिडीका प्रहरी निरीक्षक बेनी महादेव पौडेलले जानकारी दिए। घरधनी ४२ वर्षीय घनश्याम विक र १० वर्षका एक छोरा केशर विकलाई भने स्थानीयवासीले जीवितै उद्धार गरेका छन्। ३९ वर्षकी पत्नी भूमिकला विक, १६ वर्षका छोरा उमेश विक, ११ वर्षकी छोरी मुना विक र ६ वर्षकी छोरी विपना विकको घटनास्थलमै मृत्यु भयो। इलाका प्रहरी कार्यालय रिडीबाट घटनास्थलतर्फ प्रहरीको एक टोली जाँदै गरेको पौडेलले बताए।

No comments: