News

Aug 6, 2012

नासाको यान मंगल ग्रहमा सफल अवतरण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
एन्जल्स, साउन २२ (एजेन्सी) - अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पठाएको क्युरियोसिटी यान आज बिहान सवा ११ बजेतिर मंगल ग्रहको सतहमा सफल अवतरण गरेको छ। अवतरण गरे लगत्तै यसले त्यहाँबाट तस्बिर पनि पठाएको छ। रातो ग्रहका रुपमा परिचित यो ग्रहमा जीवको अस्तित्वमाथि २ वर्षे अध्ययनको मिसनसहित यान अवतरण भएको हो। मंगल ग्रहको सतहमा अवतरण गरेको यो सबैभन्दा ठूलो यान हो। कार आकारको यो रोबोट यानलाई मंगल ग्रहमा पठाउने योजना पूरा हुन १० वर्ष लागेको थियो। प्रक्षेपण भएको ८ महिनापछि यान आज मंगल ग्रहमा अवतरण गरेको हो। यानले मंगल ग्रहमा इतिहासमा कुनै जीवनको चिह्न भए/नभएको बारे खोजी गर्नेछ। यो मिसन लस एन्जल्स नजिकै रहेको जेट प्रोपुल्सन ल्यावरोटरीबाट निगरानी तथा नियन्त्रण गरिएको छ। नासाले ग्रहमा पठाइएको यो सबैभन्दा कठिन रोबोट रहेको जनाएको छ। यानको मंगलमा अवतरण लगत्तै अमेरिकी राष्ट्रपति बाराक ओवामाले ट्विटरमार्फत् बधाई दिएका छन्। 'यो महत्वपूर्ण उपलव्धीलाई वास्तविकतामा परिणत गर्न सकेकोमा नासामा कार्यरत सबैलाई म बधाई तथा धन्यवाद दिन चाहन्छु,' ओवामाले ट्विटमा लेखेका छन्।

No comments: