News

Aug 3, 2012

लन्डन ओलम्पिकमा चीनको दबदबा कायमै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
श्रावण १९ - लन्डन ओलम्पिकमा चीनको दबदबा कायमै छ । उसले बिहीबार बेलुकीसम्म १७ स्वर्ण चुमेको छ । उसलाई पछ्याइरहेको अमेरिकाको १३ स्वर्ण छ । फ्रान्सलाई पछि पार्दै तेस्रो स्थानमा दक्षिण कोरिया आइपुगेको छ । दक्षिण कोरियाको ७ र फ्रान्सको ५ स्वर्ण छ । चीनका लु जिआवोले पुरुष भारोत्तोलनमा दुई राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितेका छन् । उनका साथी लु हाओजीले रजतपदक हात पारे । लगातार दोस्रो दिन भारोत्तोलनमा चीनका खेलाडीले स्वर्ण जितेका हुन् । तर चीनले अघिल्ला दुई स्पर्धामा उत्तर कोरियासँग दुई स्वर्ण गुमाउन पुग्यो । 'हाम्रो टिमले स्वर्ण र रजत चाहेको थियो,' ७७ केजी तौल समूहको प्रतिस्पर्धापछि हाओजीले भने । जिआवोले आफ्नै विश्व कीर्तिमानलाई तोड्दै समग्रमा नयाँ कीर्तिमान बनाएका हुन् । उनले तीन वर्षअघि भएको वल्र्ड च्याम्पियनसिपमा रेकर्ड राखेका थिए । उनले एक केजी बढी उचाल्दै समग्रमा ३ सय ७९ केजी उचाले । उनले स्न्याचमा १ सय ७५ केजी उचाल्दै कीर्तिमान राखे । क्युवाका इभान कामबरले कांस्यपदक जिते । जापानलाई दोस्रो स्वर्ण जापानका कोहेइ युचिमुराले पुरुष जिम्न्यास्टिकको व्यक्तिगत अलराउन्डमा स्वर्ण जितेका छन् । उनले चार वर्षअघि बेइजिङ ओलम्पिकमा रजतमा चित्त बुझाएका थिए । उनले ९२ दशमलव ६९ स्कोर गरे । जर्मनीका मार्सेल नगुयानले रजत र अमेरिकाका डनेल लेयभाले कांस्यमा चित्त बुझाए । लन्डन ओलम्पिकमा जापानको यो दोस्रो स्वर्ण हो । पौडीमा ओलम्पिक कीर्तिमान अमेरिकाले महिला २ सय मिटर फ्रिस्टाइल रिलेमा स्वर्ण जितेको छ । उसले पौडीमा ओलम्पिक कीर्तिमान राख्ने क्रममा ४२ दशमलव ९२ सेकेन्डको समय निकाल्यो । त्यस स्पर्धामा अस्ट्रेलियाले रजत र फ्रान्सले कांस्य हात पारे । अमेरिकाका मिसी फ्रांकलिनले राम्रो सुरुआत गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याइन् । त्यसपछि डाना भोल्मर र सान्नोन भि्रल्यान्डले राम्रो प्रदर्शन गरे । भोल्मरले यसअघि दुई समय मिटर फ्रिस्टाइलमा स्वर्ण र ४ सय मिटर फ्रिस्टाइलमा रजत तथा १ सय मिटर फ्रिस्टाइल रिलेमा कांस्यपदक जितेकी छन् । दक्षिण अफ्रिकालाई पहिलो स्वर्ण दक्षिण अफ्रिकाले लन्डन ओलम्पिकमा पहिलो स्वर्ण जितेको छ । उसले बेलायत र डेनमार्कलाई पछि पार्दै पुरुष रोइङमा पहिलो स्थान हासिल गर्‍यो । २५ हजार दर्शकसामु बेलायत रजतमै चित्त बुझाउन बाध्य भयो । बेलायतले महिलातर्फ बुधबार रोइङमै स्वर्ण जितेको थियो । दक्षिण अफ्रिकाका जेम्स थोमसन, म्याथ्यु बि्रटेन, जोन स्मिथ र सिज्वे नड्लोभुले स्वर्ण जितेका हुन् । पुरुष भलिबल दुई सेटले पछि परेको स्थितिलाई उल्टाउँदै जर्मनीले पुरुष भलिबलमा बिहीबार सर्बियालाई ५ सेटको रोमाञ्चक खेलमा हराएको छ । उसले सर्बियामाथि २२-२५, २७-२९, २५-१८, २५-२० र २०-१८ को सेटमा हराएको हो । जितसँगै जर्मनीको अर्को चरणमा छनोट हुने सम्भावना बढेको छ । ओलम्पिक गेम्सको महिला रोइङमा बिहीबार स्वर्ण जितेपछि खुसी व्यक्त गर्दै अमेरिकी खेलाडी ।

No comments: