News

Aug 8, 2012

मन्त्रालयहरुमा पदस्थापन गर्ने निर्णय कुन मन्त्रालयमा को सचिव?

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिंहदरबार, साउन २४- मन्त्रिपरिषद्को आजको बैठकले केही सचिवहरुको सरुवा र रिक्त रहेका केही मन्त्रालयहरुमा पदस्थापन गर्ने निर्णय गरेको छ। रिक्त रहेका चार मन्त्रालयमध्ये गृहमा नवीनकुमार घिमिरे, सञ्चारमा सूर्य सिलवाल, लोकसेवा आयोगमा नाथुराम चौधरी र निर्वाचन आयोगमा ज्ञानदर्शन उदासलाई ल्याइएको छ। मुख्य सचिवको नियुक्ति प्रक्रियासँग असन्तुष्टि जनाउँदै सचिवहरुले राजीनामा गरेपछि यी मन्त्रालयहरुमा सचिवको स्थान खाली थियो। गृह सचिव बनाइएका घिमिरेले यसअघि पनि गृहमा काम गरिसकेका थिए। हाल उनी वन मन्त्रालयमा थिए। निर्वाचन आयोगमा लगिएका उदास भर्खरै सचिवमा बढुवा भएर प्रधानमन्त्री कार्यालयमा रहेका थिए। त्यसैगरी प्रधानमन्त्री कार्यालयमा धरणीधर खतिवडा र माधव रेग्मी, रक्षामा तिलकराम पौडेल, वनमा कृष्णचन्द्र पौडेल, सामान्य प्रशासनमा दुर्गानिधि शर्मा, कृषिमा गणेशराज जोशी, पर्यटनमा यज्ञ गौतम, सार्वजनिक खरिद अनुगमनमा धनबहादुरलाई सरुवा र पदस्थापन गरिएको छ। त्यस्तै सुदूर पश्चिम क्षेत्रीय प्रशासनमा कामु सचिव हरि दाहाल, नारायणगोपाल मलेगु मध्यपश्चिम, रणबहादुर श्रेष्ठ पूर्वाञ्चल र फूलमान नियुक्त गरिएका छन्। यसैगरी बैठकले विदेश काम गर्न जाने महिलाको उमेर ३० वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ। त्यस्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको रासनमा देखिएको विभेदलाई वैज्ञानिक ढ‌ंगले समायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ।

No comments: