News

Aug 3, 2012

पहिरोका कारण त्रिभुवन राजपथ र हेटौँडा - कुलेखानी सडक अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आज बिहानदेखि त्रिभुवन राजपथ र हेटौँडा कुलेखानी - काठमाण्डौँ यातायात सेवा अवरुद्ध भएको छ । गएरातिदेखि परेको भारी वर्षाका कारण राजपथको बागजोरामा आएको बाढीले यातायात अवरुद्ध भएको हो । सिस्नेरी प्रहरी कार्यालयका अनुसार हेटौँडा-कुलेखानी सडकखण्डको सिस्नेरी गाविस -२ थिङडाँडामा आज बिहान ६ ४५ बजे पहिरो जाँदा काठमाण्डौँ-हेटौँडाको यातायात सेवा पनि अवरुद्ध भएको हो । पहिरोका कारण सडक अवरुद्ध भएपछि हेटौँडाबाट काठमाण्डौँ तर्फ जान लागेका सवारी साधनहरु हेटौँडा भैँसे सडकखण्डको बागजोरामा अलपत्र परेको जानकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको छ ।

No comments: