News

Aug 17, 2012

राष्ट्रपतिद्वारा सरकारले पठाएको दुई अध्यादेश अस्वीकार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्व सरकारले राष्ट्रपति कार्यालय समक्ष प्रस्ताव गरेको दुई अध्यादेश राष्ट्रपतिद्वारा अस्वीकार गरिएको छ । मन्त्री परिषदले साउन १२ गते स्वीकृतिका लागि राष्ट्रपति समक्ष पठाइएका दुई प्रस्ताव अस्वीकार गरिएको हो । राष्ट्रपति कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तरिम संबिधानको धारा ८८ को उपधारा १ बमोजिम सिफारिस भएका निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संबिधानसभा सदस्य निर्वाचन अध्यादेश तत्काल जारी गर्नु सान्दर्भिक नदेखिएको उल्लेख छ । त्यसो त, राजनीतिक दलहरुबीच सहमति बनाई निर्वाचनको वातावरण बनाउनुको साटो प्रधानमन्त्री बाबुराम भट्टराईले एकलौटी रुपमा अध्यादेश ल्याई विपक्षीहरुलाई थप चिढ्याउने काम गरेको प्रति राष्ट्रपति असन्तुष्ट रहँदै आएका थिए । राष्ट्रतिले आज निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०६९ र संविधानसभा सदस्य निर्वाचन अध्यादेश ऐन, २०६९ अस्वीकार गरेको गरेका हुन् ।

No comments: