News

Aug 29, 2012

अफगानिस्तानमा आक्रमणमा उन्तीसजनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानको विभिन्न ठाउँमा भएको हिंसात्मक आक्रमणमा उन्तीसजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १० अफगानी सुरक्षाकर्मी, २ नेटो सैनिक र १७ नागरिक रहेका छन्। दक्षिणी प्रँन्त हेमल्यान्डमा १७ जना सर्वसाधारणको नागरिक शिर काटिएको अवस्थामा फेला परेका छन्। अज्ञात व्यक्तिहरुको समूहले हेमल्यान्ड प्रान्तको मउसा क्वाला जिल्लामा १७ सर्वसाधारण नागरिकहरुको शिर काटेर हत्या गरेको बताइएको छ। घटनाबारे अनुसन्धान भइरहेकेा बताइएको छ। त्यस्तै, हेमल्यान्ड प्रान्तमै तालिवान लडाकुले गरेको आक्रमणमा १० जना सुरक्षाकर्मीको मृत्यु भएको छ। हेमल्यान्डमा रहेको चेकपोस्टमा तालिवान लडाकुले आक्रमण गर्दा १० जना सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। आक्रमणमणमा ६ जना सुरक्षाकर्मीको अवस्था अज्ञात रहेको छ भने ४ जना घाइते भएका छन्। हेमल्यान्ड प्रान्तका प्रशासन प्रमुख दाउद अमादीले सुरक्षा क्षेत्रका केही व्यक्तिको सहयोगमा तालिवानी सुरक्षा चेकपोस्टमा आक्रमण गरेको बताएका छन्। उनले तालिवानी लडाकुलाई केही सुरक्षाकर्मीको सहयोग रहेकोसमत दाबी गरेका छन्। त्यस्तै अफगानिस्तानको पुर्वी प्रान्त लगमान प्रान्तमा अफगानी सेनाको आक्रमणमा २ नेटो सेनाको मृत्यु भएको छ। अफगानी सेना र नेटो सेनाबीच हुने विवादमा कारण तालिवानी लडाकुले आक्रमण गरेको अधिकारीहरुको अनुमान रहेको छ।

No comments: