News

Aug 7, 2012

युवा संघले मन्त्रीको गाडी गुड्न नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
साउन २३ एमालेको भ्रातृ संगठन युवा संघले मन्त्रीका गाडीलाई सडकमा गुड्न नदिनेसहितका दोस्रो चरणका सरकारविरोधी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ कार्यक्रममा एक दिने नेपाल बन्दसहित सिंहदरबार घेराउ र मन्त्री निवास घेराउका कार्यक्रम राखिएका छन्। त्यसैगरी देशव्यापी मतदान गराउने कार्यक्रम पनि उसले सार्वजनिक गरेको छ। रिपोर्टर्स क्लबमा भएको साक्षात्कार कार्यक्रममा संघका अध्यक्ष महेश बस्नेतले दिएको जानकारी अनुसार साउन २६ गते सिंहदरबार घेराउ, साउन २७ गते मुकुण्डो प्रदर्शन, २८ गते मन्त्री निवास घेराउ, २९ गते देशव्यापी मतदान, ३० गते मत सार्वजनिक र जुलुस प्रदर्शन, ३१ गते मसाल जुलुस प्रदर्शन गरिनेछ। बस्नेतले आन्दोलनभरी मन्त्रीका गाडीलाई सडकमा गुड्न नदिने भन्दै जबर्जस्ती गुडाएमा मन्त्रीको टाउको फुटाउन सक्ने चेतावनी पनि दिए। यसअघिको पहिलो चरणको आन्दोलनका क्रममा युवा संघले आइतबार र सोमबार दुई दिन चार घण्टा उपत्यका बन्द गरेका थिए। त्यसैगरी ‌मंगलबार उपत्यकासहित नेपाल भर चार घण्टे बन्द भएको छ। बिहान ६ बजेदेखि १० बजेसम्म गरिने चार घण्टे बन्दले स्कूल कलेजका विद्यार्थीहरुले सास्ती पाएको भन्दै चौतर्फी आलोचना भएपछि संघले बुधबारको बन्द ९ बजेसम्म मात्र गर्ने र शिक्षण संस्थाका गाडी गुड्न दिने निर्णय गरेको थियो।

No comments: