News

Aug 24, 2012

बेलायती राजकुमारको नग्न तस्बिर सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेलायती राजकुमार ह्यारी अमेरिकाको लसभेगासस्थित एक होटलमा युवतीसँग नग्न अवस्थामा फेला परेका छन् । अमेरिकाको गसिप वेबसाइट टिएमजेडले राजकुमार ह्यारी नग्न युवतीसँग रहेको तस्वीर बुधबार सार्वजनिक गरेको हो । बेलायती राजपरिवारस्रोतले वेबसाइटमा राखिएको तस्बिर ह्यारीकै भएको पुष्टि गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । तस्बिरले बेलायत राजपरिवार तथा ह्यारी स्वयंको बदनाम भएको विश्लेषकहरूले बताएका छन् । ह्यारी महारानी एलिजाबेथका नाति तथा राजकुमार चाल्र्स र उनकी स्वर्गीय पत्नी राजकुमारी डायनाका कान्छा छोरा हुन्। चाल्र्सका जेठा छोरा विलियमले गतवर्ष केट मिडल्टनसँग विवाह गरेका थिए । टिएमजेडमा राखिएको एक तस्बिरमा ह्यारीले आफ्नो गुप्तांग दुवै हातले छोपेको तथा एक नग्न युवती उनीपछाडि बसेकी छिन् । त्यस्तै, सोही अनलाइनमा छापिएको अर्को तस्बिरमा ह्यारीले तिनै युवतीलाई पछाडिबाट अँगालो मारेका छन् । ती धमिला तस्बिर लसभेगासको सुविधासम्पन्न होटलमा गत शुक्रबार खिचिएको हो । ह्यारी तथा उनका साथीहरू पहिला होटलको बारमा गएको र त्यहाँ अपरिचित केही युवतीलाई बोलाएको र पछि आफ्नै कोठामा माथि लिएर गएको टिएमजेड अनलाइनले जनाएको छ । राजकुमार ह्यारीको तस्बिर भने ह्यारी तथा युवतीसहितको समूह स्टि्रप पुल खेल खेलिरहेका समयमा खिचिएको सो अनलाइनले जनाएको छ । राजकुमार ह्यारीका प्रवक्ताले भने तस्बिरका विषयमा तत्काल कुनै प्रतिक्रिया नजनाउने बताएका छन् । यसअघि सन् २००२ मा गाँजा सेवन गर्नुका साथै कम उमेरमै मदिरा सेवन गरी ह्यारी विवादमा तानिएका थिए । त्यसको तीन वर्षपछि भेषभूषासम्बन्धी एक पार्टीमा नाजीको पोसाक लगाएपछि उनी पुनः विवादमा तानिएका थिए । उनले नाजीको पोसाक लगाएको तस्बिर विभिन्न बेलायती सञ्चारमाध्यमका शीर्षसमाचार बनेको थियो । यद्यपि, करिब चार वर्षअघि अफगानिस्तानमा तैनाथ बेलायती सेनासँग केही महिना काम गरेका ह्यारीले सेनाको अग्रपंक्तिमा रही काम गर्ने इच्छा व्यक्त गरेपछि उनको विवादित प्लेब्वाई छवि ओझेलमा परेको थियो । उनी बेलायती सेनाका पाइलटसमेत हुन् । अमेरिकी सञ्चारमाध्यममा ह्यारीको नग्न तस्बिर सार्वजनिक भएलगत्तै राजपरिवारनिकट स्रोतले ती तस्बिर थप प्रसारण नगर्न बेलायती सञ्चारमाध्यमलाई आग्रह गरेका छन् । टिएमजेड निकै लोकप्रिय गसिप अनलाइन साइट हो । सो अनलाइनले २००९ मा पपगायक माइकल ज्याक्सनको मृत्यु भएको समाचार ब्रेक गरेपछि त्यसको लोकप्रियता चुलिएको हो । राजपरिवारका सदस्य भए पनि ह्यारीले एक्लै क्यारेबियन तथा ब्राजिलको भ्रमण गरेर चर्चा कमाएका थिए । उनी केही दिनअघि सम्पन्न लन्डन ओलम्पिकको समापन समारोहमा हजुरआमा महारानी एलिजाबेथसँगै उपस्थित भएका थिए । छुट्टी मनाउन लसभेगास पुगेको समयमा उनले दुई स्वर्णपदक जितेका अमेरिकी ओलम्पिक पौडीबाज रायन लोच्तेसँग पौडी प्रतियोगिता गरेपछि बुधबार बेलायती अखबारले उनको प्रशंसा गर्दै पहिलो पृष्ठमा समाचार छापेका थिए ।

No comments: