लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकार परिवर्तनको माग गर्दै मधेसी जनअधिकार फोरमले दुई दिने तराई बन्द आव्हान गरेको छ। बन्दको पहिलो दिन आज बिहानैदेखि तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ।बन्दका कारण मोरङ, सुनसरी, सप्तरी र सिराहामा यातायात ठप्प रहेको छ। बन्द सफल बनाउन फोरमका कार्यकर्ताहरुले विभिन्न स्थानमा सडक अवरोध गरेका छन्।सुनसरी सदरमुकाम इनरुवामा आज बिहानैदेखि फोरम कार्यकर्ताले सडक अवरोध गरेका छन् । फोरम कार्यकर्ताहरुले सो क्षेत्रमा मोटरसाइकलसमेत चलाउन दिएका छैनन्।सुनसरीको धरान, झापाको विर्तामोड र उदयपुरबाट पहाडी जिल्लामा चल्ने यातायात भने सुचारु रहेको प्रहरीले जनाएको छ।मधेसी जनअधिकार फोरमले आव्हान गरेको दुई दिने बन्दको प्रभाव दाङमा पनि परेको छ। आमहड्तालका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङ खण्डमा आज बिहानैदेखि यातायातका साधन चलेका छैनन् । बन्दका कारण दाङबाट राप्तीका विभिन्न जिल्ला जाने आउने यातायातका साधनसमेत चलेका छैनन्।समयमै नयाँ संविधान निर्माण र विगतमा मधेसी मोर्चासँग सरकारले गरेको सहमति कार्यन्वयनको माग गर्दै दुई बन्द आव्हान गरिएको फोरम अध्यक्ष उपेन्द्र यादवले बताउनुभएको छ।
No comments:
Post a Comment