News

Apr 17, 2010

दुई नेपाली कामदार मृत्युदण्डबाट जोगिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ४ - साउदी अरबमा सहकर्मीको हत्या गरेको अभियोगमा मृत्युदण्ड तोकिएका दुई नेपाली कामदार मृत्युदण्डबाट भने जोगिएका छन् । वैदेशिक रोजगारीमा साउदी पुगेका रूपलाल बोहरा र विवेक दाहाललाई पीडित परिवारले निजी कानुन प्रयोग गरी माफी दिएपछि उनीहरू मृत्युदण्डबाट जोगिएका हुन् ।
'यहाँ निजी र सार्वजनिक दुई कानुन छन्,' साउदीको रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, 'पीडितहरूले निजी कानुन प्रयोग गरी बोहरा र दाहाललाई मृत्युदण्डको माफी दिएका छन् ।'
बोहराले सहकर्मी फिलिपिनोलाई हत्या गरेका थिए भने दाहालले आफ्नै मामाको छोरा राजेन्द्र बिष्टलाई विष खुवाएर मारेका थिए । फिलोपिनोका परिवारले बोहरासँग 'ब्लडमनी' पाउने सर्त र बिष्टको परिवारले 'ब्लडमनी' नलिई माफी दिएको प्रथम सचिव दाहालले बताए । फिलोपिनो पीडित परिवारसँग भने सम्झौताचाहिँ भइसकेको छैन ।

No comments: