News

Apr 16, 2010

चीनको भूकम्पमा मर्नेको संख्या ६ सय नाध्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चिन्हाई/ चीनको पश्चिमी क्षेत्र चिन्हाई प्रान्तमा बुधबार गएको भूकम्पबाट मर्नेको संख्या ६ सय नाघेको छ । भूकम्पमा दस हजार मानिस घाइते भएका छन् । बुधबार गएको ७ दशमलव १ रेक्टर स्केलको भूकम्पमा तीन सयजना हराइरहेका अधिकारीले बताएका छन् । स्थानीय सहर जियेगुका अधिकांश भवन र विद्यालय भत्किएको हुादा भग्नावशेषमा पुरिएर मर्नेको संख्या बढ्ने अनुमान गरिएको छ ।भूकम्पपछि पनि थुप्रै झट्का गएको थियो । हजारौ भूकम्पपीडित राति कठयांगि्रने जाडोमा रात काटेका छन् । चिन्हाईको दक्षिणमा पर्ने तिब्बती युसु गाउालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । युसु गाउा प्रायः नष्ट भएको छ । स्थानीय अधिकारीका अनुसार युसु गाउाका ८५ प्रतिशत घर ध्वस्त भएका छन् ।
यस गाउामा अधिकांश निम्न आय भएका मानिस बस्छन् । घर प्रायः कच्ची माटो र काठपातले बनेकाले सबै घर भत्किएका छन् । भूकम्पमा नष्ट भवनका भग्नावेशषमा जीवित व्यक्तिको खोजीकार्य जारी रहेको छ ।
रेडक्रसका स्थानीय शाखाका अनुसार भूकम्पमा ७० प्रतिशत विद्यालय भवन ध्वस्त भएका छन् । सबैभन्दा बढी क्षति युसु व्यावसायिक स्कुलमा भएको छ ।भूकम्पप्रभावित क्षेत्रबाट आठ सय ६० किलोमिटर टाढा रहेको निकटवर्ती सहर सिनिङको विमानस्थलमा बिहानै सैनिक ओर्लिएका छन् । उनीहरूसँग अग्निसमन तथा उद्धार टोली र दर्जनौँ खोजी-कुकुर पनि छन् ।
उनीहरू प्रभावित क्षेत्रमा पुग्न बस पर्खिरहेका छन् । राम्रो अवस्थामा पनि त्यहाँ पुग्न १२ घन्टा लाग्छ । चीनको सेना दैवीप्रकोप उद्धारकार्यमा अत्यन्त अनुभवी र अब्बल मानिए पनि विकट क्षेत्र भएकाले सामग्री आपूर्तिमा कठिनाइ उत्पन्न भएको छ । प्रभावित क्षेत्र १३ हजार फिटको उचाइमा छ ।
प्रधानमन्त्री विन जियाओलेले भूकम्पग्रस्त क्षेत्रको बिहीबार निरीक्षण गरेका छन् । सरकारले त्रिपाल, बाक्ला कोट र सिरकलगायत औषधि तथा खाद्यान्नजस्ता उद्धारसामग्री पठाएको छ ।सरकारले उद्धारका लागि तत्कालै तीन करोड डलर छुट्टयाएको छ । यसैगरी, पाँच हजारभन्दा बढी सिपाही, उपचारकर्ता तथा अन्य उद्धारकर्ता परिचालन गरेको छ । उनीहरूले प्रभावित क्षेत्रमा कार्यरत सात सय उद्धारकर्तासँग मिलेर काम गर्नेछन् ।

No comments: