News

Apr 17, 2010

मुख्यालयमै एमाले कार्यकर्ताले गरे आत्महत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१७ अप्रिल,२०१०,एमाले मुख्यालय, बल्खुमा सोही पार्टीका पुराना कार्यकर्ता डिकेन्द्र राजवंशीले झुण्डिएर आत्महत्या गरेका छन् । झापा दुहगढी–५ का ६५ बर्षीय राजवंशीले कार्यालय परिसरमा रहेको आरुको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनलाई शनिबार बिहान रुखमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो । एमालेका पुराना कार्यकर्ता राजवंशी केही दिन अगाडिदेखि पार्टी मुख्यालयमा बस्दै आएको बताइएको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

No comments: