News

Apr 19, 2010

प्रधानमन्त्रीलाई माओवादीको अन्तिम चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१९ अप्रिल, २०१०,प्रमुख प्रतिपक्षी दल एकिकृत नेकपा माओवादीले प्रधानमन्त्री माधवकुमार नेपाललाई तत्काल राजीनामा दिन आग्रह गर्दै केही दिन भित्रै सत्ता नछोडे सडकबाटै हटाउने चेतावनी दिएको छ ।
आज बसेको माओवादी संबिधानसभा दलको बैठकले प्रधानमन्त्रीलाई यस्तो चेतावनी युक्त भाषामा आग्रह गरेको हो । उसले यसका लागि आन्दोलनलाई तीब्र बनाउने निर्णय समेत गरेको छ ।
बैधानिक बाटोबाट बर्तमान सरकार परिवर्तन हुने अवस्था नदेखेपछि माओवादी त्यस्तो निश्कर्षमा स्रोतको दाबी छ । बैठकपछि दलका उपनेता नारायणकाजी श्रेष्ठले प्रमुख सत्तारुढ दलहरु नेकपा एमाले र नेपाली काग्रेस शान्ति प्रक्रिया र संविधान निर्माणमा गंभिर नभएको र त्यस्तो प्रक्रियालाई उपेक्षा र उल्लंघन गरेकॊ ठहर गर्दै जनआन्दोलनमा जाने निर्णय गरेको बताए ।
उनले बैठकमा सडकबाटै सरकार परिवर्तन गर्ने पार्टीको रणनीतिका विषयमा सभासदहरुलाई प्रशिक्षणसमेत दिईएको जनाए । राष्ट्रिय सहमतिको सरकार गठन गर्न बर्तमान सरकारको विघठन गर्न पार्टीले सन्चालन गर्ने आन्दोलनलाई सफल बनाउन आ- आफ्नो ठाँउबाट भूमिका खेल्न निर्देशन समेत स्रोतले बताएको छ ।

No comments: