News

Apr 16, 2010

प्राज्ञहरुले प्रधानमन्त्रीबाट सपथ लिए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री एवम् नेपाल ललितकला प्रतिष्ठानका संरक्षक माधवकुमार नेपालले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा आज बिहान आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति किरण मानन्धरलाई कुलपति पदको पद तथा गोपनीयताको सपथ गराउनुभयो ।सोही समारोहमा कुलपति मानन्धरले प्रतिष्ठानका उपकुलपति एवम् सदस्यहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराउनुभयो ।सो प्रतिष्ठानका उपकुलपतिमा ठाकुरप्रसाद मैनाली, सदस्यसचिवमा के.के. कर्माचार्य र सदस्यहरुमा कर्ण मास्के, रविनकुमार कोइराला, ओम खत्री, शारदा चित्रकार, शान्तकुमार राई र रागिनी उपाध्याय हुनुहुन्छ ।सपथग्रहण समारोहमा सदस्य उपाध्याय भने अनुपस्थित हुनुहुन्थ्यो ।प्रधानमन्त्रीले गत चैत ३१ गते संस्कृतिमन्त्री डा मीनेन्द्र रिजाल संयोजक रहेको सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानका पदाधिकारी र सदस्यहरुलाई नियुक्त गर्नुभएको हो ।

No comments: