News

Apr 16, 2010

चौथो डिभिजनबाट लडाकुको तलब भत्ता वितरण सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चितवन, वैशाख ३- नवलपरासीस्थित माओवादी लडाकुको चौथो डिभिजनबाट शुक्रबारदेखि लडाकुको तलब भत्ता वितरण सुरु भएको छ। सङ्ख्या विवादका कारण तीन महिनादेखि उनीहरुको तलब भत्ता रोकिएको थियो। चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा भने शनिबारबाट लडाकुलाई भत्ता वितरण सुरु गरिने भएको छ।
सरकारको शङ्कामा परेका लडाकुको छानविन गरी भत्ता दिन अनमिन र माओवादी तयार भएपछि सरकार लडाकु भत्ता वितरणका लागि तयार भएको हो। यसअघि लडाकुको सङ्ख्याको गोप्यता खोल्न नमिल्ने भन्दै अनमिनले नखुलएका कारण विवाद चुलिएको थियो।चौथो डिभिजन मुख्यालय झ्याल्टुङ डाँडामा लडाकुलाई माघ, फागुन र चैत तीन महिनाको एकमुष्ट तलब भत्ता वितरण गरिएको चौथो डिभिजनले जनाएको छ। प्रतिलडाकुले महिनाको ५ हजार तलब भत्ता सरकारबाट पाउँदै आएका छन्।

No comments: