News

Apr 16, 2010

संविधानसभाको म्याद थप्ने गोप्य सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१६ अप्रिल, २०१०,मकवानपुर -सिँचाई मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निधन अगाडि नै संविधानसभाको म्याद थप गर्ने गोप्य सहमति भईसकेको रहस्योदघाटन गर्नुभएको छ । प्रेस यूनियन, मकवानपुरले आज हेटौंडामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खाँणले संविधानसभाको म्याद थप गर्ने बिषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भईसकेको बताउनुभयो । उहाँले कति म्याद थप गर्ने भन्ने बिषयमा भने सहमति हुन बाँकी रहेको बताउनुभयो ।

No comments: