News

Apr 17, 2010

हैटी र चीनका भूकम्पले नेपालमा त्रास

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३,विश्वमा एकपछि अर्को गरी विनाशकारी ठूला भूकम्प गएपछि भूकम्पीय जेखिममा रहेका नेपाललगायतका मुलुक सचेत हुनुपर्ने औँल्याउन थालिएको छ । केही सयमअधि हैटीमा गएको विनाशकारी भूकम्पको आलो घाउ सुक्न नपाउँदै पुनः चीनमा गएको महाभूकम्पले विश्व समुदायलाई थप आतङ्कित तुल्याएको छ । छिमेकी मुलुक चीनमा बुधबार गएको भूकम्प र त्यहाँ भएको हताहतको घटनाले उच्च जोखिममा रहेको नेपालमा पनि उत्तिकै त्रास फैलिएको छ । नेपाल भूकम्पीय दृष्टिकोणबाट अति जोखिमपूर्ण देशका रूपमा रहेको एक अध्ययनले देखाएको छ । यो क्षेत्र भारतको देहरादुनदेखि पूर्व तथा नेपालको गोरखादेखि पश्चिममा पर्दछ । जहाँ तीन सय वर्षयता महाभूकम्प गएको छैन तर उक्त क्षेत्रमा यस्ता ठूला भूकम्प जाने भौगर्भिक अवस्था रहेको भर्खरै गरिएको एक पूर्वऐतिहासिक भूकम्प उत्खनन् कार्यको प्रारम्भिक विश्लेषणमा उल्लेख गरिएको छ । इन्डियन प्लेट उत्तरतर्फ सरिरहेको र तिब्तियन प्लेट दक्षिणतर्फ घुस्दै गरेको र त्यसको सङ्गम विन्दुमा रहेको यस क्षेत्रमा लामो समय महाभूकम्प नजानु भनेको एक अथवा एकभन्दा बढी महाभूकम्पको तयारी हुनसक्ने अध्ययनमा उल्लेख छ । यसैबीच, नेपाल, चीन, भारत, जापान, इन्डोनेसिया र उत्तर तथा दक्षिण अमेरिकाका यस्ता टेक्टोनिक प्लेट (भूखण्ड)का किनारहरू भूकम्पीय दृष्किोणले अत्यन्तै जोखिमपूर्ण मानिएका छन् ।

No comments: