News

Apr 18, 2010

माओवादीद्वारा मारिएका ९३४ जनालाई शहीद घोषणा गर्न माग

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ५,नेपाली कङ्ग्रेसका नेताहरुले प्रधान मन्त्री माधवकुमार नेपाललाई भेटी द्वन्द्वमा माओवादीद्वारा मारिएका आफ्नो पार्टीका ९ सय ३४ जनालाई शहीद घोषणा गर्न माग गरेका छन्। उनीहरुले माओवादीले मारेका १ सय ३७ जना एमालेसहित अन्यलाई पनि शहीद घोषणा गर्न माग गरेका छन्। विस्तापितलाई अविलम्ब घर फर्काउने व्यवस्था गर्न उनीहरुले पनि प्रधान मन्त्रीको ध्यानाकर्षण गराए। प्रधानमन्त्रीबाट आफ्ना माग सम्बोधन हुने प्रतबद्धता आएको कङ्ग्रेसले जनाएको छ। नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य तथा शान्ति प्रक्रिया एवम् द्वन्द्वपीडित अनुगमन तथा समन्वय समिति संयोजक विनयध्वज चन्दलगायत नेपाली कङ्ग्रेसका महामन्त्री के.बी गुरुङ, गोविन्दराज जोशी, लक्ष्मण घिमिरे, सुनील भण्डारीको टोलीले तयार पारेको प्रतिवेदन पनि प्रधान मन्त्रीलाई बुझाइएको थियो। नेपालका सबै जिल्ला भ्रमण गरी तयार पारिएको यस प्रतिवेदनमा द्वन्द्वमा मारिएका व्यक्तिलाई शहीद घोषणा एवम् उचित सम्मान दिने सम्बन्धमा उल्लेख छ। प्रधानमन्त्रीबाट उक्त प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको कङ्ग्रेसले जनाएको छ।

No comments: