News

Apr 18, 2010

वैदेशिक रोजगारमा अफ्रिकी मुलुक युगान्डा खुल्ला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ५ - वैदेशिक रोजगारमा जान चाहने युवाका लागि अब अफ्रिकी मुलुक युगान्डा खुल्ला भएको छ। व्यवसायीले युगान्डाबाट दक्ष कामदारको माग ल्याएपछि सरकारले हालै यो मुलुक रोजगारका लागि खुल्ला गरेको हो। दक्ष कामदारका लागि राम्रो तलब र सुविधा पाइने भएकाले युगान्डा धेरैका लागि आकर्षक हुनेछ।
श्रम तथा यातायात व्यवस्था मन्त्रालयका निमित सचिव पूर्णचन्द्र भट्टराईले युगान्डा कामदार पठाउने मुलुकका रुपमा खुल्ला गरेको जानकारी दिए।'हामीले केही दिन अघि युगान्डालाई रोजगार गन्तब्यका रुपमा खुल्ला गरेका छौं,' उनले नागरिकसँग भने, 'यो मुलुक सूचिकरणको निर्णय भइसकेको छ।'
गत चैत ३१ मा श्रमले युगान्डा खुल्ला गर्ने मन्त्रालयस्तय निर्णय गरेको हो। युगान्डामा पहिलो पटक दक्ष कामदारको माग सुवास विजय एशोसिएट्सले ल्याएको थियो। उक्त कम्पनीले कामदार पठाउने माग गरेपछि मन्त्रालयले नयाँ रोजगार गन्तब्य खुल्ला गरेको हो।

No comments: