News

Apr 18, 2010

जनता दलको सात प्रदेशको अवधारणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली जनता दलले नेपाललाई सङ्घीय स्वरुपमा लैजान सात प्रदेशको अवधारणा प्रस्तुत गरेको छ । दलले आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत गरेको सङ्घीय प्रदेशहरूमा भृकुटी सगरमाथा गणराज्य, खप्तडभूमि गणराज्य, मन्जुश्री गणराज्य, वृद्धभूमि गणराज्य, पृथ्वी गणराज्य, सीताराम विराट गणराज्य र कर्णाली गणराज्य रहेका छन् ।सो दलले सात वटाभन्दाबढी गणराज्यको निर्माण गरेमा मुलुकको स्रोत र साधनले नभ्याउने र गणराज्यहरू आत्मनिर्भर र समृद्ध हुन नसक्ने जनाएको छ ।नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले तोकिएको मितिभित्र संविधान निर्माण गर्न सबै राजनीतिक दल गम्भीर नभएको आरोप लगाउनुभयो ।उहाँले तोकिएको मितिमै संविधान नबने नेपाली जनता दल सङ्घर्षमा उत्रनेसमेत बताउनुभयो ।

No comments: