News

Apr 16, 2010

माओवादी सडक आन्दोलनमा जाने निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादीको आजको पोलिटब्यूरोको बैठकले सरकरका विरुद्धमा सडक आन्दोलनमा जाने निर्णय गरेको छ। माओवादीले वर्तमान सरकारले राष्ट्रिय सहमतिको बाधक भएको निष्कर्ष निकाल्दै सरकार विघटन नगरेसम्म सरकरको कुनैपनि गतिविधि सञ्चालन गर्न नदिने निर्णयसमेत गरेको छ।समयमा नयाँ संविधान नबन्ने निश्चित भएको भन्दै माओवादीले संविधानसभाको म्याद थप्नको लागि वर्तमान सरकारको राजीनामा अनिवार्य रहेको शर्त अगाडि ल्याएको छ।संविधानसभामा माओवादी बाहेकका दलहरुको दुई तिहाइ बहुमत नरहेका कारण संविधानको संशोधनको लाग माओवादी सहमत हुन आवश्यक रहेको छ । माओवादीको सहमतिविना संविधानसभामा म्याद थप हुन सक्दैन ।माओवादीले सरकार ढाल्न संसदमा अविश्वासको प्रस्ताव दर्ता नगर्नेसमेत निर्णय गरेको छ । अविश्वासको प्रस्ताव दर्ता गरे सांसद किनबेच हुनसक्ने भन्दै त्यस्तो निर्णय गरेको हो ।सरकारमा सहभागी तथा अन्य दलहरुले आज तीन हजार लडाकु सेनामा समायोजन गर्ने अथवा एह लडाकु एक हतियार अनुसार सेनामा समायोजन गर्ने कुराप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष प्रचण्डले यो दलहरुको सहमति वाइह्यात भएको बताउनुभयो। उहाँले माओवादीको सबै लडाकु सेनामा समायोजन हुनुपर्ने बताउनुभयो।पोलिटव्युरो बैठकले सरकार परिवर्तनका लागि काँग्रेसले राखेको चार सर्तमा पनि छलफल भएको बुझीएको छ। काँग्रेस नेताहरुले सरकार परिवर्तनका लागि माओवादीले हिंसा त्याग्नु पर्ने, कब्जा गरिएका जग्गा जमिन फिर्ता गर्नुपर्ने, वाइसीएलको अर्धसैनिक संरचना खारेज गर्नुपर्ने सर्त राखेका थिए ।बैठकपछि पत्रकार सम्मेलन गरेर सरकारविरुद्ध संसदमा लैजान लागेको अविश्वासको प्रस्ताव तत्कालका लागि नलैजाने बताएको छ।माओवादीले सबै दलहरुसँग छलफल गरेर सहमतिको आधारमा नै राष्ट्रिय सहमतिको सरकार गठनको पहल गर्नका लागि यस्तो निर्णय गरेको बताएको छ।सरकारको विरुद्ध पटक-पटक आन्दोलन गरिरहेको एकीकृत नेकपा माओवादीले अबको आन्दोलनलले सरकार परिवर्तन गरेरै छोड्ने दावी गरेको छ।

No comments: