News

Apr 17, 2010

विद्युत् आपूर्ति नहुँदा दैनिक १५ करोडभन्दा बढी घाटा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
(मोरङ) तीन दिनदेखि सुनसरी-मोरङ करिडोर क्षेत्रका उद्योगहरूमा विद्युत् आपूर्ति नहुँदा दैनिक १५ करोडभन्दा बढी घाटा हुन थालेको छ। उद्योग संगठन मोरङका कार्यालय सचिव सोम अधिकारीका अनुसार करिडोर क्षेत्रमा उद्योग बन्द हुदा दैनिक करिब १५ करोड घाटा लागेको हो। त्यस क्षेत्रमा रहेका जुट उद्योगदेखि उपभोग्य सामग्री उत्पादन गर्ने उद्योगहरू बढी प्रभावित भएका छन्। करिडोर क्षेत्रमा करिब ५ सय उद्योगहरू सञ्चालनमा रहेका छन्। तीन दिनअघि आएको हुरी बतासले भारत तथा नेपालको विद्युत आपूर्ति गर्ने टावर भत्काउँदा उद्योगलाई सबैभन्दा ठूलो मार परेको उद्योग संगठनका अध्यक्ष दिनेश गोल्छाले बताउनुभयो। उहाँले तीन दिनदेखि नै उद्योगमा समस्या आएको जानकारी दिनुभयो। विद्युतप्राधिकरणले औपचारिक सूचना नै जारी नगरीकन उद्योगहरूको विद्युत लाइन तीन दिनदेखि कटौती गरेको युवा उद्यमी रमेश राठीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्युत लाइन नभएपछि जेनेरेटरबाट केही उद्योगहरू चले पनि अधिकांश उद्योग बन्द छन्। जेनेरेटरबाट उत्पादन गर्दा उत्पादित सामग्रीको मूल्य ४ गुणा बढी हुने राठीले जानकारी दिनुभयो।

No comments: