News

Apr 19, 2010

उडान प्रतिबन्ध उपर पुनःविचार हुनुपर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन,ज्वालामुखी फुटी उत्पन्न क्षारयुक्त बादलका कारण विगतका चारपाँच दिनदेखि युरोपेली क्षेत्रभर हवाई उडानमा प्रतिबन्ध लगाइएकाले आजसम्म करिव ७० लाख हवाई यात्रुहरु अलपत्र परिरहेका छन् ।यसले गर्दा सबैजसो युरोपेली विमान सेवा कम्पनीहरु संकटमा पर्नजाने देखिँदा उनीहरुले सम्बद्ध अधिकारीसमक्ष प्रतिबन्ध उपर पुनःविचार गर्न दबाब दिइरहेका छन् ।एयर फ्रान्स र केयलएम डच विमान सेवाले परीक्षण उडानबाट कुनै प्राविधिक दुष्परिणाम नआएको समेत दावी गरेका छन् ।सो क्षारयुक्त बादलमा सिसाको कणसमेत रहेको हुँदा यसले जेट इन्जिनलाई नष्ट बनाउँछ भनी युरोप क्षेत्रको सम्पूर्ण आकाशमा हवाई उडान प्रतिबन्ध जारी गरिएको थियो ।युरोप महादेशका ३६ वटा ठूला विमान सेवा कम्पनीको आ­-आफ्ना हवाई यातायात अधिकारी समक्ष तत्काल पुनःविचार गर्न दवाद दिँदै उडानहरु सूचारु नभएमा यूरोपेली हवाई यातायात उद्योग नै धराशायी हुने र यसको दोष सरकारलाई जाने कुरा बताए ।उडान भर्न सकिने पर्याप्त सम्भावना रहेको अवस्थामा प्रतिबन्ध कायम रहनु अन्यायपूर्ण हुने कुरा बताउँदै युरोपेली विमान सेवा सङ्घले प्रतिबन्ध फुकुवा गर्न माग गरको छ ।तर छोटो दुरीको मार्गमा गरिएको परीक्षण उडान सफल हुँदैमा युरोपको सम्पूर्ण आकाश सुरक्षित छ भन्न नमिल्ने तर्क जर्मन वातावरण मन्त्रालयको छ ।

No comments: