News

Apr 17, 2010

खस क्षेत्रीको सुरक्षा संयन्त्र र युवा दस्ता सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, वैशाख ४- एकीकृत माओवादीले पछिल्लो समयमा अर्धसैनिक संरचना वाइसिएलको समानान्तर सुरक्षा समिति र माथिल्लो तहको स्पेशल टास्क फोर्स कमाण्डो गठनलाई तीब्रता दिएकै बेला खस क्षेत्री एकता समाजले शनिबार आफ्नो 'सुरक्षा संयन्त्र' र 'युवा दस्ता' सार्वजनिक गरेको छ। समाजले शनिबार सुनसरीको 'सुरक्षा संयन्त्र' र 'युवा दस्ता' इटहरीमा सार्वजनिक गरेको हो। संयन्त्र र दस्तामा सहभागी ४ सयभन्दा बढीलाई सार्वजनिक गरिएको थियो। संयन्त्र र दस्तामा सहभागीलाई कालो टोपीमा खुकुरी चिह्न भएको ड्रेसमा सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको संयन्त्र र युवा दस्ताले इटहरी बजार परिक्रमा गर्‍यो।संयन्त्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट अवकास पाएका पूर्व सुरक्षाकर्मी छन्। यसबाहेक भारत र बृटिस सेनाबाट अवकास पाएका व्यक्ति पनि छन्। संयन्त्र र युवा दस्तामा अनमिनले अयोग्य ठहर्‍याएर शिविरबाट बाहिरिएका लडाकुलाई पनि विस्तारै समेट्दै जाने समाजका केन्द्रीय अध्यक्ष युवराज कार्कीले जानकारी दिए।

No comments: