News

Apr 17, 2010

कलंकी चोकमा नागरिक अभियानको अगुवाइमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जनआन्दोलन २०६२/०६३ को चर्चित स्थान कलंकी चोकमा नागरिक अभियानको अगुवाइमा भइरहेको धर्ना कार्यक्रममा शुक्रबार सिस्नुपानी नेपालले ऐक्यबद्धता जनाउँदै कार्यक्रम गरेको छ। संविधान निर्माणमा भइरहेको ढिलाइ, मुलुकको खस्केको शान्तिसुरक्षा, राजनीतिक दलहरूबीचको खिचातानीलगायतका विषयमा केन्द्रित भई व्यङ्ग्यात्मक कविता, गजल, मुक्तक वाचन सम्पन्न भएको छ। लक्ष्मण गाम्नागे, देवी नेपाल, थरेन्द्र बराल, हरिकला उप्रेती, धीरेन्द्र प्रेमषिर्लगायतले व्यङ्ग्य प्रहार गरेका थिए।कार्यक्रममा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौला, एकीकृत नेकपा माओवादीकी नेतृ हिसिला यमी, वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारी, नेपाली कांग्रेसका नवीन्द्रराज जोशीलगायतले मुलुकको वर्तमानस्थिति, संविधान निर्माण प्रक्रियाका बारेमा बोल्नुभएको थियो।१९ दिनको जनआन्दोलनपछि देशमा लोकतन्त्र बहाली भएको सम्झनामा १९ दिनको कार्यक्रम तय गरिएको अभियानका सहजकर्ताहरूको भनाइ छ। निधारित मितिमा संविधान निर्माण गरी घोषणा गर्नका लागि दबाब दिने उद्देश्यले चैत २४ गते शुरू भएको धर्ना कार्यक्रम यही ११ गते सम्पन्न हुँदै छ।

No comments: