News

Apr 16, 2010

आइसल्यान्डमा ज्वालामुखी विस्फोट भएपछि नेपाल भ्रमण रद्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
वैशाख ३,आइसल्यान्डमा ज्वालामुखी विस्फोटका कारण युरोपका विभिन्न हवाई उडान प्रभावित भएपछि लन्डनको एउटा फुटबल टोलीले नेपाल भ्रमण गर्ने कार्यक्रम रद्द भएको छ। त्यसैगरी युरोपबाट नेपाल भ्रमणमा आउन लागेका पर्यटकहरुको उडान पनि प्रभावित भएको बताइएको छ। रिचमन्ड म्याभेरिक्स क्लबले नेपालमा काठमाडौँ, बुटवल र पोखरामा गरी भोलिदेखि चार वटा मैत्रिपूर्ण खेल खेल्ने कार्यक्रम थियो। काठमाडौँ खेल मण्डलको सहयोगमा भ्रमणको संयोजन गरिरहेको नेपालयले अर्को सूचना नभएसम्म यो कार्यक्रम स्थगित गरिएको बताएको छ।आइसल्यान्डमा भएको ज्वालामुखी विस्फोटनले एटलान्टिक महासागरको १० किलोमिटर माथिसम्म खैरो धुँवा उठेको छ। यसबाट दुई हजार किलोमिटर टाढासम्म रहेका विश्वका प्रमुख विमानस्थलहरु बन्द भएका छन्। सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंकवादी आक्रमणपछि यति ठूलो स्तरमा हवाई उडान प्रभावित भएको यो पहिलो घटना हो।ज्वालामुखीका कारण बेलायत, नर्वे, डेनमार्क, बेल्जियम र स्वीडेनका सम्पूर्ण हवाई उडान ठप्प छन्। त्यसैगरी फ्रान्स र फिनल्यान्डमा पनि आंशिक रुपमा हवाई उडान स्थगित भएका छन्। लन्डन र फ्र्याङ्कफर्टका उडानहरु रद्द भएका कारण एक हजार पाँच सयभन्दा बढी यात्रुहरु सिंगापुर, हङकङ र ब्याङ्ककका विमानस्थलहरुमा फँसेका छन्।

No comments: