News

Nov 1, 2011

बालुवाटारमा तीन दलको छुट्टा छुट्टै बैठक सकियो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
शान्ति प्रकृया र सत्ता साझेदारीका सम्बन्धमा सहमति जुटाउन माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताहरुको मंगलबार दिउँसो होटल र्‍याडिसनमा बसेको बैठक सकिएको छ । छलफल सकरात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा तीन दलको बैठक बस्दै छ । बैठक सुरु हुनुअघि तीनै दलका शिर्ष नेताहरु अहिले बालुवाटारमा अन्तरिक छलपफल गरिरहेका छन् । सोमबार तीन दलका नेताहरुको बैठकमा नमिलेनका बिषयहरु मिलाउनका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शुसील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई जिम्मा दिएको थियो । त्यही निर्णय अनुसार मंगलबार दिउँसो ४ बजे बालुवाटारमा बस्ने तीन दलको शीर्ष नेताहरुसहितको बैठकमा प्रस्तुत गर्ने प्रस्ताव निर्माण गर्नका लागि तीन शीर्ष नेताहरु छलफलमा बसेका हुन् । काँग्रेस महामन्त्री कृष्ण सिटौलाले शीर्ष नेताहरुको बैठक सुरु भएको जानकारी ईकान्तिपुरलाई दिए । काँग्रेसका सिटौलाका अलवा बैठकमा माओवादीका बर्षमान पुन र एमालेका भीम रावल शीर्ष नेताहरुलाई सघाउनका लागि बैठकमा छन् । सोमबार शीर्ष नेताहरुलाई सघाउन शान्ति प्रकृयामा जानकार रहेका एक–एक जना सहयोगी राख्न सकिने पनि सहमति भएको थियो ।

No comments: