News

Nov 4, 2011

बलात्कारको आरोपी विकिलिक्सका संस्थापकलाई स्वीडेन सुपुदर्गी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायतको एउटा अदालतले बलात्कारको आरोप लागेका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई स्वीडेन सुपुदर्गी गर्ने फैसला गरेको छ। असान्जविरुद्ध स्वीडेनमा दुई महिलाले बलात्कार तथा यौन दुर्व्यवहार गरेको मुद्दा दायर गरेका छन्। लण्डन उच्च अदालतले तल्लो अदालतको फैसलालाई सदर गरेको हो। अमेरिकी कुटनीतिक नियोगका २ लाख ५० हजारभन्दा बढी गोप्य दस्तावेज सार्वजनिक गरेपछि असान्ज र विकिलिक्सले विश्वभर चर्चा पाएको थियो। त्यसपछि बेबसाइट र असान्ज दुवै विश्व प्रसिद्ध भएका थिए। गत वर्ष स्वीडेनको एक कार्यक्रममा सहभागी हुन जांदा सो घटना भएको आरोप महिलाहरुले लगाएका छन्। असान्जले भने राजनीतिक उद्देश्यबाट अभिप्रेरित भएर आफूलाई फंसाउन खोजिएको आरोप लगाएका छन्।

No comments: