News

Nov 2, 2011

सात बुँदे इमानदारी साथ कार्यान्वयन गर्न एमालेको आग्रह

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १६ - एमालेले शान्ति प्रक्रिया टुंग्याउने सम्बन्धि सात बुदे सम्झौताको स्वागत गर्दै त्यसका प्रावधान इमानदारीपूर्वक कार्यान्वयन गर्न सम्पूर्ण दलहरुसँग आग्रह गरेको छ । एमाले स्थायी समितिको बुधबारको बैठकले मंगलबार भएको सात बुँदे सम्झौतालई अनुमोदन गर्दै मंसिर सात गते भित्रै ती काम पुरा गर्न ध्यानाकर्षण गराएको छ । माओवादी, काग्रेस एमाले र संयुक्त मधेसी मोर्चाबीच मंगलबार शान्ति प्रक्रिया टुंग्याउने सम्बन्धि सहमति भएको थियो । आम नेपाली जनता र राष्ट्रले पार्टीहरुबीच साझा सहमति खोरिहेको अवस्थामा त्यो भावना बुझेर सात बुँदे सहमति भएको एमालेले उल्लेख गरेका छ । 'हाम्रो पार्टी उक्त सहमतिको दृढ समर्थन गर्दै त्यसको हार्दिक स्वागत गर्न चाहन्छ । साथै उक्त सहमतिको लागि प्रयास गर्ने राजनीतिक पार्टीहरुलाई धन्यवाद दिन चाहन्छ' एमालेले भनेको छ ।
संविधान सभाको निर्वाचनपछि, विभिन्न कारणले शान्ति प्रकृया सम्बन्धमा ठोस सहमति बन्न नसकिरहेको प्रसंग उल्लेख गर्दै एमालेले प्रमुख पार्टीहरुबीच निरन्तर चल्दै आएको बहस, विवाद, अन्तरक्रिया, संवाद र सहकार्यको परिणामस्वरुप शान्ति प्रक्रियाको सम्बन्धमा ऐतिहासिक र महत्वपूर्ण सहमति भएको बताएको छ ।
'एमालेले विगत बाह्र बुँदे सहमतिदेखि नै निरन्तर रुपमा राष्ट्रिय सहमतिमाथि जोड दिंदै आएको थियो । सरकारको नेतृत्व गरेको र प्रतिपक्षमा रहेको दुबै अवस्थामा शान्ति र संविधानको मूल कार्यभार पूरा गर्न देशका प्रमुख पार्टीहरुलाई एक ठाउँमा ल्याउन अथक प्रयत्न गर्दै आयो' एमाले भनेको छ,' पार्टीको आठौं राष्ट्रिय महाधिवेशनदेखि, केन्द्रीय कमिटीका प्रत्येक बैठकहरुमा यस विषयमा महत्वपूर्ण निर्णयहरु भए । अहिले आएर शान्ति प्रक्रिया लगायतका विषयमा प्रमुख पार्टीहरु, साझा निष्कर्षमा पुगेका छन् ।'बैठकमा अध्यक्ष झलनाथ खनालले सहमतिको पृष्ठ भूमिकार त्यस क्रममा भएका घटनाहरुबारे सदस्याहरुलाई जानकारी गराएका थिए ।

No comments: