News

Nov 1, 2011

किरात याक्थुङ चुम्लुङको दोस्रो स्वर्णिम साँझ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/बिनय शाह
३० अक्टोवर २०११ हङकङ,नेपाल देखि आएका लिम्बु कलाकारहरूको टोलीसंग स्थानिय हङकङबासी नेपाली कलाकारहरूको टोलीले किरात याक्थुङ चुम्लुङद्वारा आयोजित किरात याक्थुङ चुम्लुङ दोस्रो स्वर्णिम साँझ २०११ याउमातेई स्थित हेनरी जी लङ कम्युनिटी हलमा अपार भिडका साथ भव्यतापूर्वक सम्पन्न गरेका छन् । चुम्लुङका सचिव नन्द चङसुद्वारा सञ्चालित प्रथम चरणको औपचारिक कार्यक्रममा अध्यक्ष कृष्णराज लाओती, प्रमुख अतिथि हङकङ नेपाली महासंघका अध्यक्ष प्रदिप थापामगर तथा नेपाल देखि आमन्त्रित कलाकारहरूको टोलीले सामुहिकरूपमा फायर क्राकर फोडी साँस्कृतिक कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा हस्त लिवाङको शब्द र संगीत रहेको “हापा रूरू” र मनु नेवाङको स्वरमा रेकर्ड गरिएको “पा मा” नामक दुई सिडीहरू पनि सार्वजनिक गरिएको थियो । औपचारिक कार्यक्रमलाई अध्यक्ष कृष्णराज लाओतीले सम्पूर्ण कलाकार, उपश्थित दर्शक तथा सहयोगकर्ताहरूलाई कार्यक्रम सफल पार्न मद्दत गरेकोमा चुम्लुङको तर्फबाट धन्यवाद ज्ञापन गर्दै बिसर्जन गरेका थिए ।
कार्यक्रमको आकर्षणको भागमा रहेको दोस्रो साँस्कृतिक कार्यक्रमलाई कलाकार यासेली योङयाङले सञ्चालन गरेका थिए । लिम्बु जातिको लोकप्रिय च्याङब्रुङ नाज लगत्तै ठठ्यौलीपारामा स्टेजमा देखा परेका प्रतिभाशाली कलाकार यासेलीले दर्शकबृद्दालाई हाँसोमा बाँध्दै एक पछि अर्को रमाईलो प्रस्तुतीहरू दर्शकमाझ पस्कदैं गए । स्वर्णिम साँझको लागि नेपालदेखि आएका कलाकारहरू सिता सिङगोक, कुशल थलक, झुमा वनेम, उत्तमजंग लाओती तथा मनु नेम्वाङहरूको उकृष्ट प्रस्तुतीसंगै स्थानिय हङकङबासी नेपाली कलाकारहरू राजु आङदम्बे, हर्षित आले चङसु, सुधा लिम्बु तथा सुनिता सम्बाहाम्फेको मधुर स्वर लहरी गुञ्जिएको थियो भने कल्पना तुम्रोक, टिका माखिम, सुकु लिम्बु, टीना मगर, रोमिषा लिम्बु, ओम गुरुङ,राम लामा र धिरज लिम्बुको मनमोहक नृत्यसंगै बालकलाकार निशाम लिम्बु र कान्छा लिम्बुको तामाङसेलोलाई दर्शकहरूले रूचिपूर्वक हेरेका थिए । साँस्कृतिक कार्यक्रम लिम्बु जातिको अर्को लोकप्रिय धान नाचसंगै साँस्कृतिक कार्यक्रमको समापन गरिएको थियो ।
हङकङबाट सञ्चालित दुईवेव पत्रिका बगैचा डटकम र मूलबाटो डटकमले यस कार्यक्रमको मिडिया पार्टनरको रूपमा सघाएका थिए । स्मरण रहोस यस कार्यक्रमको जानकारी सभा कार्यक्रममा हङकङमा एक दशक कटाएका पत्रिकाका सम्पादक किसन राईले मूलबाटो डटकमलाई मिडिया पार्टनर बनाएको रोषमा यस कार्यक्रमको बिज्ञापन देखि कुनै पनि समाचार उनीद्वारा सम्पादित पत्रिका एभरेष्टमा नराख्ने भनि गरेको बिरोध गरेका थिए । किसन राई भर्खरै गठित नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पनि हुन् ।

No comments: