News

Nov 2, 2011

ताम्सालिङका दुई पार्टीबीच एकता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ताम्सालिङका दुई पार्टी ताम्सालिङ नेपाल राष्ट्रिय दल र ताम्सालिङ स्वायत्त राज्य समितिबीच एकता हुँदै ताम्सालिङ नेपाल राष्ट्रिय दल भएको छ । लका अध्यक्ष परशुराम तामाङले मंगलबार पत्रकार सम्मेलन गरी दुई दलबीच एकता भएको घोषणा गर्दै केन्द्रीय समिति, जिल्ला समिति, गाउँ समिति र यी दुई वटा सङ्गठनसँग आवद्ध सबै जनवर्गीय सङ्गठन एकता भएको घोषणा गरेका छन् । तामसालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष परशुराम तामाङ र तामसालिङ स्वायत्त राज्य समितिका अध्यक्ष पेशल तामाङले हस्ताक्षर गरेको विज्ञप्तिमा विस. ०६२/६३ को जनआन्दोलन, जनयुद्ध, आदिवासी जनजाति आन्दोलन र मधेस आन्दोलनद्वारा स्थापित धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र, जातीय स्वायत्ततताजस्ता मुद्दाका विरुद्धमा दलहरूभित्रै र बाहिरबाट पनि षड्यन्त्र हुन थालेको उल्लेख गरिएको छ । अध्यक्ष तामाङले संविधानसभाको म्याद पटकपटक थप्न नहुनेमा जोडदिँदै तामसालिङ सङ्घर्ष समिति र नेपाल सरकारबीच भएको १९ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन् ।

No comments: