News

Nov 4, 2011

पन्ध्र हजार शिक्षक दश जोड दुईको परीक्षामा सहभागी हुदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्राथमिक तहमा दश महिने तालिम लिएका पन्ध्र हजार शिक्षक बिहीवारबाटदेखि दश जोड दुईको परीक्षामा सहभागी हुदैछन। परीक्षा उर्तीण भएपछि यस्ता शिक्षकहरुले उच्च माध्यमिक तह उर्तीण गरे बराबरको मान्यता पाउने ब्यवस्था छ। दुई वर्षदेखि पटक-पटक स्थगित हुँदै आएको परीक्षा बिहीवारबाट सुरु हुँदैछ। शिक्षा मन्त्रालयले प्रवेशिका परीक्षा उर्त्तीण गरेका तर उच्च शिक्षा नलिएका शिक्षकले दश जोड दुई उर्त्तीण गर्नुपर्ने व्यवस्था गरेअनुसार दोस्रो चरणको परीक्षा हुन लागेको हो।
दस महिने तालिमसहित उच्च माध्यमिक शिक्षा परिषदले २०६६ सालमा भर्ना लिएका करिब एकाउन्न हजारमध्ये १८ हजारले मात्रै परीक्षा आवेदन भरेका छन्। परीक्षाका लागि २४० केन्द्र तोकिएको छ। परीक्षा २३ गते सकिने छ। दस महिने तालिम लिएका शिक्षकहरुले यो परीक्षा उर्त्तीण गरे दस जोड दुई उर्त्तीणको मान्यता पाउनेछन्। शिक्षकहरुले अनिवार्य अंग्रेजी, नेपाली र शिक्षा तथा अन्य दुई ऐच्छिक विषयको परीक्षा दिनुपर्ने छ। यसअघि परिषदले २०६५ र २०६६ मा गरि २ चरणमा यस्ता शिक्षकको भर्ना लिएको थियो। तर दोस्रो चरणमा भर्ना लिइएका विद्यार्थीको हकमा पाठ्क्रममा क्रेडिट आवर नपुगेको, परीक्षामा अनियमितता भएको भन्दै त्यसपछि परिषद्ले नयाँ भर्ना लिएको थिएन।
प्रवेशिका उर्तीण गरेका र शैक्षिक जनशक्ति विकास केन्द्रबाट दशमहिने तालिम लिएका शिक्षकले उच्च माध्यमिक परिषद्बाट एक वर्षिय विशेष कक्षा लिने ब्यवस्था छ। यो कक्षापछि शिक्षकहरु उच्च माध्यमिक तह उर्तीण बराबर मानिने व्यवस्था छ। विद्यालय क्षेत्र सुधार योजनाअनुसार प्राथमिक तहका शिक्षक कक्षा १२ उर्तीण हुनुपर्ने नीतिगत ब्यवस्था कार्यन्वयन गर्न यस्तो प्रावधान ल्याइएको हो।

No comments: