News

Nov 1, 2011

चीनले नेपाली सेनालाई ६० करोड २७ लाख रुपैयाँ बराबरको सहयोग गर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चीनले नेपाली सेनालाई ६० करोड २७ लाख रुपैयाँ बराबरको सैन्य सहयोग उपलब्ध गराउने भएको छ । चीन भ्रमणमा रहेका प्रधानसेनापति छत्रमानसिंह गुरुङ र चिनियाँ जनमुक्ति सेनाका अध्यक्ष तथा चिनियाँ केन्द्रीय सैन्य कमिसनका सदस्य चेन बिङ्देले यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । चीनको बायीस्थित जनमुक्ति सेनाको मुख्यालयमा दुई देशका सेना प्रमुखबचि भएको भेटका क्रममा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । चीनले उक्त रकम बराबरको मेडिकल उपकरण नेपाली सेनाको सैनिक अस्पताललाई उपलब्ध गराउने भएको छ । त्यस अवसरमा दुई देशका सेना प्रमुखबीच द्धिपक्षीय सहयोग तथा आपसी हितबारे पनि कुराकानी भएको निर्देशनालयले जनाएको छ ।

No comments: