News

Nov 2, 2011

बेलायतका कलेजहरुमा युरोपबाहिरका देशका विद्यार्थीले भर्ना नपाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेलायत सरकारले बेलायतमा रहेका ४ सय ७४ कलेजमा युरोपेली संघ बाहेकका देशबाट बिद्यार्थीहरुलाई प्रवेश नगराउन निर्देशन दिएको छ । गैर युरोपेली संघका बिद्दार्थीहरुको कटौती गर्ने उद्देश्यले यसप्रकारको निर्देशन जारी गरिएको हो । बेलायतमा आप्रवास नीति बिपरीत प्रवेश गरेका बिदेशी नागरिकमाथि पनि प्रतिबन्ध लगाउने बेलायती योजना रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । यसबाहेक बेलायतको गैर युरोपेली संघका बिद्यार्थी भर्ती गरेको भन्दै ३ सय २ कलेजको लाइसेन्स रद्द गरेको छ । बेलायतका अधिकांश कलेजमा अध्ययनरत गैर युरोपेली संघ अन्तर्गतका बिद्यार्थीको पढाई पूरा गर्न दिने तर नविकरण गर्न नदिने निर्णय त्यहाँको गृहमन्त्रालयले गरेको छ । बेलायतको यो निर्णयले बेलायतमा रहेको बिदेशी नागरिकहरुको भविष्य अन्योलमा पर्ने निश्चित छ ।

No comments: