News

Nov 2, 2011

पशुपतिको भेटी सार्वजनिक गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कार्तिक १६ - पशुपति विकास कोषले पशुपति र बासुकी मन्दिरको भेटीघाटी सार्वजनिक गर्ने निर्णय गरेको छ । कोषको बुधबार बसेको बोर्ड बैठकले पशुपति र बासुकी मन्दिरको भेटीघाटी सार्वजनिक गर्ने निर्णय गरेको संस्कृति मन्त्री गोपाल किराँतीले जानकारी दिए । बैठकले निर्णय कार्यान्वयन गर्न सात कोषका सदस्य सचिव सुशील नाहटाको संयोजकत्वमा ७ सदस्यीय भेटीघाटी व्यवस्थापन नियमावली तर्जुमा उपसमिति गठन गर्ने निर्णय गरेको छ । बैठकले बोर्डको कार्यकारी निर्देशकमा कोषप्रसाद आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री किराँतीले जानकारी दिए । पुरातत्व विभागका पूर्व निर्देशक आचार्यले दुई वर्षअघि अवकास पाएका थिए ।

No comments: