News

Sep 17, 2008

गरिबी र भोकमरीका कारण विश्वमा गत २ वर्षमा दोब्बर भएर २२ करोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विश्वमा गरिबी र भोकमरीका कारण आपातकालीन अवस्थामा बाँचिरहेका मानिसको संख्या गत २ वर्षमा दोब्बर भएर २२ करोड पुगेको एक सहायता संस्थाले जनाएको छ । केयर इन्टरनेशनलले जारी गरेको अध्ययन प्रतिवेदनमा सहायताको करोडौं डलर रुपैयाँ गलत तरिकाले खर्च भइरहेकाले गरिबी र भोकमरीमा बाँचिरहेका मानिसको संख्या बढिरहेको बताइएको छ ।खाद्यान्न्को आकाँसिदो मूल्यका कारण समेत विश्वमा गरिबी र भोकमरी भयावह रुपमा बढिरहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रसंघले भने गरिबी र भोकमरीमा बाँचिरहेका मानिसको संख्या सन् २०१५ सम्ममा आधा घटाउने मुख्य लक्ष्य राखेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

No comments: