News

Sep 17, 2008

स्वदेश फर्कदै प्रधानमन्त्री पुष्पकमल दाहाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पाँचदिने भारत भ्रमण पुरा गरी आज बिहीबार स्वदेश फर्कदै हुनुहुन्छ । पत्नी सीता र चार मन्त्रीसहित ४४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरी आइतबार नयाँदिल्ली जानुभएका प्रधानमन्त्री दिउँसो स्वदेश आइपुग्ने कार्यक्रम रहेको छ ।प्रधानमन्त्री प्रचण्डको विदाईका लागि नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई समारोह भइरहेको छ । यसअघि सूचना प्रविधिको अवलोकनमा बैंग्लोर जानुभएका प्रधानमन्त्री प्रचण्ड आजै बिहान नयाँदिल्ली फर्कनु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण परम्पराको निरन्तरता नभई ऐतिहासिक महत्वको भएको बताउनुभएको थियो । साथै उहाँले आफ्ना भारतीय समकक्षी डा. मनमोहन सिहसँग नेपाल र भारतबीच विगतमा भएका सन्धि सम्झौताको पुनरावलोकन, कोसी तटबन्ध पुननिर्माण, बिस्थापितको पुनस्थापना र राहत, जलबिद्युत परियोजना निर्माण, पेट्रोलियम पदार्थको सहज आपूर्ति तथा आपसी हित र सहयोगका विषयमा २२ बुँदे सहमति गर्नुभएको छ ।प्रधानमन्त्रीको टोलीमा पराराष्ट्रमन्त्री उपेन्द्र यादव, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, जलश्रोतमन्त्री विष्णु पौडेल, वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो हुनुहुन्छ । टालीमा उद्यागी ब्यवसायी र पत्रकारहरुको पनि सहभागीता रहेको छ ।

No comments: