News

Sep 21, 2008

प्रधानमन्त्री दाहाल अमेरिकातर्फ प्रस्थान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ६३ औँ महासभामा भाग लिने क्रममा मुलुकको प्रतिनिधित्व गर्दै शनिबार दिउँसो संयुक्त राज्य अमेरिकातर्फ
प्रस्थान गर्नुभएको छ । भ्रमणक्रममा त्यहाँ रहेका नेपालीहरुद्वारा आयोजित विभिन्न कार्यक्रममा उहाँ सरिक हुने जनाइएको छ ।न्यूयोर्कमा अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसद्वारा महासभामा सहभागी हुने विभिन्न राज्य तथा सरकार प्रमुखका सम्मानमा आयोजना गरिने स्वागत समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुने कार्यक्रम छ । प्रधानमन्त्री पत्नी सीता, परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य, प्रमुख निजी सचिव शक्तिबहादुर बस्नेत, प्रमुख सचिव डा. भोजराज घिमिरे र सल्लाहकार हीराबहादुर थापा तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीलगायतको उच्चस्तरीय भ्रमण टोली आगामी असोज १४ गते मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख, उपप्रधानमन्त्री एवं गृहमन्त्री, मन्त्रीहरु, सभासद्, संवैधानिक अङ्गका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र कूटनीतिक नियोगका प्रतिनिधिले बिदाइ गरेका थिए ।

No comments: