News

Sep 21, 2008

इन्द्रजात्रामा सरकारले दिदैआएको सहयोगले निरन्तरता पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्द्रजात्रामा सरकारले दिदै आएको सहयोग नगरेको भन्दै राजधानीमा प्रदर्शन सुरु भएपछि अर्थमन्त्री डा. बाबुराम भट्टराईले बिधायिका संसदमा सरकारी सहयोगले निरन्तरता पाउने बताएका छन् । अर्थमन्त्री डा. बाबुराम भट्टराईले इन्द्रजात्रामा सरकारले दिदैआएको सहयोगले निरन्तरता पाउने बताएका छन् । असोज ५ गते बिधायिका संसद बैठकमा सभासदहरुले उठाएको प्रश्नको जवाफ दिदै अर्थमन्त्री भट्टराईले अर्थमन्त्रालयले संस्कृति मन्त्रालयलाई चाहाडहरुलाई मितब्ययी बनाउनुपर्ने आशयको पत्र मात्र पठाएको स्पष्टिकरण दिए । '२१ औं शताब्दीमा चाहाडहरु १५ औं शताब्दी जसरी मनाउनु हुदैन भन्ने मात्र मन्त्रालयको आशय हो' भट्टराईले भने ।
मन्त्री भट्टराईले बली रोक्ने तथा इन्द्रजात्राको खर्च कटाउने निर्णय मन्त्रीपरिषदको नभएको पनि जानकारी दिए । सरकारले कुनै जातिलाई काखा तथा कुनै जातिलाई पाखा नगर्ने स्पष्टिकरण दिदै मन्त्री भट्टराईले इन्द्रजात्रालाई सहयोग गरेन भन्ने नाममा अदृष्य शक्तिले चलखेल गर्न खोजेको तथा राजनीतिको रोटी सेकाउने प्रयास गरिरहेको दावी गरे ।
इन्द्रजात्रा बिबादमा असोज ४ गतेदेखि राजधानीमा प्रदर्शन हुनथालेपछि ५ गतेको बिधायिका संसदको बैठकमा सभासदहरुले त्यसबारे प्रश्न उठाएका थिए भने सभामुख सुवास नेम्वाङले सभासदहरुको प्रश्नको जवाफ दिन अर्थमन्त्रीलाई रुलिङ गरेका थिए । अर्थमन्त्रीले जवाफ दिएलगत्तै बिधायिका संसदमा बजेटबारे छलफल सुरु भएको छ ।

No comments: