News

Sep 19, 2008

बार अध्यक्ष छ महिनासम्मका लागि बहसपैरवी निषेध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सर्वोच्च अदालतको पूर्ण बैठकले वरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीलाई व्यावसायिक मर्यादा र उत्तरदायित्वप्रति सचेत गराउन मितिले छ महिनासम्मका लागि नेपालभित्रका सम्पूर्ण अदालतमा वरिष्ठ अधिवक्ताको हैसियतले कुनै बहसपैरवी गर्न नपाउने गरी निषेध गर्ने निर्णय गरेको छ ।बैठकले नेपाल बार एसोसिएसनको कार्यकारी समितिको निर्णयअनुसार भनी एसोसिएसन वा तिनका विभिन्न एकाइमा अदालतको फैसला जाँचबुझ समिति खडा गरेका खबर सार्वजनिक सञ्चारमाध्यममा प्रकाशन भएकाले एसोसिएसनले त्यस्तो कुनै संयन्त्र खडा गरेको भए त्यसको स्वरूप, कारण र वैध आधार खुलाउन एसोसिएसनलाई लेखिपठाउने निर्णय गरेको छ ।बैठकले सम्पूर्ण न्यायकर्मी एवं कर्मचारीलाई संयम अपनाउन, उत्तेजित नहुन र न्यायिक सेवा दिने आफ्नो पुनीत कर्तव्य एवं स्वधर्ममा रहनपर्ने दायित्वतर्फ ध्यानाकर्षण गराउँदै न्यायिक सेवालाई सुचारु राख्न आहृवान गरेको छ ।

No comments: