News

Sep 19, 2008

प्रचण्डको जीवनीसम्बन्धी पुस्तकको सार्वजनिक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले मुलुकको लोकतान्त्रिक पद्धत्ति र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन माओवादीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । मण्डला बुक्स प्वाइन्टले प्रकाशन गरेको प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जीवनीसम्बन्धी पुस्तकको ललितपुरमा शुक्रबार सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो ।द्वन्द्वकालदेखि अहिलेसम्मको अवस्थामा आइपुग्दा अध्यक्ष प्रचण्डलाई ठूलो सफलता मिलेको भए पनि यसलाई पूर्ण रूपमा निष्कर्षमा पुर्‍याउन चुनौतीहरु रहेको उल्लेख गर्दै उहाँले समयमै संविधान बनेमात्र अहिलेसम्मको सफलताले सार्थकता पाउने भएकोले यसप्रति सबै जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष नेम्बाङले नेपाली क्रान्तिमा नौलो आयामलाई स्थापित गर्ने प्रचण्डको जीवनीसम्बन्धी उक्त पुस्तकबाट नेपाली जनतालाई परिवर्तनको उर्जा दिनेछ भन्नुभयो । साहित्यकार डा. अभि सुवेदीले पुस्तकको समीक्षा गर्दै प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिलाई नयाँ ढंगले स्थापित गर्न सफल भएको बताउनुभयो । पुस्तकका लेखक अनिरवन रायले द्वन्द्वलाई शान्तिपूर्ण रूपान्तरण गर्ने प्रचण्डको महान कार्यको सराहनास्वरूप आफूलाई पुस्तक लेख्ने प्रेरणा मिलेको बताउनुभयो ।

No comments: