News

Sep 21, 2008

कुमारीसहित अन्य देवताको रथयात्रा इतिहासमै पहिलो पटक अवरुद्ध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इन्द्रजात्राका अवसरमा काठमाडौंमा मनाइने कुमारीसहित अन्य देवताको रथयात्रा इतिहासमै पहिलो पटक अवरुद्ध हुने गरी सरकारले खर्च कटौती गरेको विरोधमा आहवान गरिएको काठमाडौं बन्द’ का क्रममा शनिबार विभिन्न स्थानमा तोडफोड, आगजनी र झडप भएका छन्।र्खर्च कटौती आवश्यक थिएन’मल्लकालीन राजा जयप्रकाश मल्लले चलाएको सो रथयात्रा शाहवंशीय राजा पृथ्वीनारायण शाहले वि.सं. १८२५ मा इन्द्रजात्राकै दिन कान्तिपुरमाथि आक्रमण गर्दासमेत अवरुद्ध भएको थिएन। यस घटनालाई राज्यबाट संस्कृति र परम्परामाथि निरन्तर रूपमा हुँदै आएको हस्तक्षेप प्रयास’ का रूपमा लिँदै प्रदर्शनमा उत्रिएका नेवार समुदायले ठाउँठाउँमा तोडफोड र नाराबाजी गरेपछि शहरका भित्री बस्ती दिनभर तनावग्रस्त रहे।उनीहरूले वसन्तपुरमा रहेका तीनवटा पर्यटक सूचना केन्द्र तोडफोड गरी जलाइदिएका थिए। त्यस्तै प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले न्युरोडमा दुइ सेल अश्रुग्यास प्रहार गरेको थियो।प्रदर्शनकारीहरूले त्यहाँ पसल बन्द गर्ने क्रममा व्यवसायीहरूबीच भनाभन भएको थियो। त्यसै गरी भित्री बस्ती प्रवेश गर्ने चोकचोकमा टायर बाली प्रदर्शन गरेका थिए।इन्द्रजात्रा र त्यससम्बन्धी परम्परागत पूजाआजा गर्न सरकारले दिँदै आएको रकम कटौती गरेपछि शुक्रबार नानिचायाःको नामले गरिने कुमारी, गणेश र भैरवको रथयात्रा अवरुद्ध भएको थियो। त्यसपछि कुमारीको हातबाट टीकाग्रहण गर्न तय गरिएको राष्ट्रपति रामवरण यादवको वसन्तपुर आगमन रोकिएको थियो। लाखे नाच, पुलुकिसी नाच, सवाभकु नाचका लागि करिब १० हजार रुपियाँका दरले सरकारले दिँदै आएको रकम कटौती गरेको हो। जात्राका सम्बन्धित व्यक्तिहरूसँग छलफल नै नगरी हठात् गरिएको सो निर्णय कारण धार्मिक र परम्पराअनुरूप गर्नुपर्ने पूजाआजा रोकिएर रथयात्रा बन्द भएकाले सरकारका प्रतिनिधिहरू आएर क्षमा माग्नुपर्ने माग प्रदर्शनकारीहरूले राखेका थिए।एक त सरकारी प्रतिनिधिहरू समयमै उपस्थित भइदिएनन्। अर्कातिर जात्रा हुने अन्तिम समयमा आएर खर्च कटौतीसम्बन्धी निर्णयको जानकारी गराइयो’ -आक्रोशको मूल कारण बताउँदै प्रदर्शनको अगुवाइ गरिरहनुभएका नेपाल भाषा मंका खलःका सचिव नरेशवीर शाक्यले नेपाल समाचारपत्रलाई बताउनुभयो।गत भदौ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सो निर्णय गारे असोज ३ गते मात्र जानकारी गराइएको लाखेगुठीका नाइके लक्ष्मण रञ्जितले बताउनुभयो। ँजात्राको अन्तिम दिनमा जानकारी गराउनुको अर्थ के हो -’ -उहाँले प्रश्न गर्नुभयो।इन्द्रजात्रा र त्यससम्बन्धी परम्परा चलाउन आयस्ताको रूपमा प्रशस्त गुठीको जग्गा रहेकाले सरकारले खर्च कटौती गर्न आवश्यक नभएको संस्कृतिविद् डा. चुन्दा वज्राचार्यको कथन रहेको छ। सांस्कृतिक नीति नभएकाले पनि यस्तो परिस्थिति आइपरेको उहाँले बताउनुभयो।प्रदर्शनकारीहरूले दिनभर प्रदर्शन गरेपछि सभासद् नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, मंगलसिद्धि मानन्धर, राजनीतिक दलका नेताहरू, गुठीका नाइकेलगायत विभिन्न पक्षबीच भएको वार्ताले सरकारसमक्ष संस्कृति, परम्परा जगेना गर्न विभिन्न माग प्रस्तुत गर्ने निर्णयगरेपछि साँझ अवस्था सामान्य बन्दै गएको थियो।गुठी संस्थान, संस्कृति तथा राज्य पुनः संरचना मन्त्रालयमा संस्कृति बुझने कर्मचारीहरू राख्नुपर्ने, दिँदै आएको बजेटलाई निरन्तरता दिनुपर्ने, सांस्कृतिक जात्राका परम्परागत र मौलिक कलाकारहरूलाई समयअनुसार पारिश्रमिकको व्यवस्था गर्नुपर्ने, खर्च अभावका कारण रोकिएका अन्य चार्डपर्वलाई सुचारु गर्नुपर्नेलगायतको माग अघि सारिएको सभासद् रञ्जितले नेपाल समाचारपत्रलाई बताउनुभयो।यससम्बन्धमा अर्थमन्त्री डा. बाबुराम भट्टर्राई र संस्कृति तथा राज्य पुनः संरचनामन्त्री गोपाल किरातीसँग वार्ता गरी माग पूरा गराउने सभासद् मानन्धरले जानकारी गराउनुभयो।ँमाग पूरा गराइछाड्नेछौं’ -वसन्तपुरमा शान्त हुन प्रदर्शनकारीलाई आग्रह गर्दै उहाँले भन्नुभयो। माग पूरा नगर्ने छाँटकाट देखिएमा कडा आन्दोलन गर्ने चेतावनीसमेत उहाँले दिनुभयो।र्धर्म र संस्कृतिमा आँच आउने सरकारी निर्णय फिर्ता लिन सभासद् जोशीले नेपाल समाचारपत्रमार्फ सरकारसमक्ष आग्रह गर्नुभयो।सँझयाः साहित्यपालाः का पूवउपाध्यक्ष विजय श्रेष्ठले ९० प्रतिशतभन्दा बढी गुठी नेवार समुदायका छन् तर गुठी संस्कृतिसम्बन्धी ज्ञान नभएकालाई गुठी संस्थान, कौषीतोषाखानाको हाकिम बनाइनु र संस्कृतिका ज्ञान नभएकालाई मन्त्री बनाइएकाले यो परिणाम आएको हो भन्नुभयो।नेवाः जागरण मञ्चका संयोजक सुजीव वज्राचार्यले राष्ट्रियस्तरबाट जुनसुकै निर्णयगरिँदा पनि सम्बन्धित गुठियार र स्थानीय बासिन्दासँग छलफल गर्नुपर्छ भन्नुभयो।परम्परा तोड्न खोजिएकोमा भर्त्सनाराप्रपा नेपालले सदियौंदेखि प्रचलनमा रहेको शक्तिपीठहरूमा बली चढाउने धार्मिक र सांस्कृतिक परम्परालाई रोक्ने सम्बन्धमा हालै नेपाल सरकारले गरेको निर्णयो भर्त्सना गरेको छ। सो पार्टी शनिबार एक वक्तव्य जारी गरी राजनीतिक एवम् पार्टीवार्थका लागि करोडौंको दुरूपयोग गर्ने सरकारले सयौं वर्षेखि कायम रहेको व्यवस्था र परम्परालाई अवरुद्ध गर्न खोजेर समाजमा साम्प्रदायिक विवाद खडा गर्न खोजेको आरोप लगाएको छ।आफनो धार्मिक एवम् सांस्कृतिक परम्परालाई निरन्तरता प्रदान गर्न स्वस्फुर्ततरूपमा हाल भइरहेका विरोध प्रदर्शनप्रति राप्रपा नेपालको पूण र्समर्थन रहेको छ।’वक्तव्यमा भनिएको छ- र्ँधर्म, संस्कृति र परम्परा जस्तो संवेदनशील विषयमा खेलवाड नगर्न तथा तत्सम्बन्धमा सरकारले गरेको निर्णयतत्काल फिर्ता लिन राप्रपा नेपाल सरकारसँग माग गर्दछ। अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिका लागि सरकार नै जिम्मेवार हुनेछ।’यस्तै नेपाः राष्ट्रिय पार्टी पनि शनिबार छुट्टै वक्तव्य जारी गरी इन्द्रजात्राका गर्नुपर्ने पूजाआजाको रकम सरकारले रोकेकोमा भर्त्सना गरेको छ।मितव्ययीताका नाममा सरकारले गरेको निर्णयाई नेपाः राष्ट्रिय पार्टी नेपाली संस्कृतिमाथि गरिएको ठाडो हस्तक्षेप र नेपाली पहिचानमाथि गरिएको क्रुस प्रहार ठान्दछ। सरकारले आफनो निर्णयतुरुन्त
फिर्ता लिई भविष्यमा पनि त्यस्ता खाले निर्णयरू नगरिने प्रतिबद्धता जाहेर गरियोस् भनी आ³वान गर्दछौं’ -सो पार्टी वक्तव्यमा भनेको छ।यस्तै नेवाः देय् दबूले छुट्टै वक्तव्य जारी गरी सरकारको अदूरदर्शिताले इन्द्रजात्राको खर्च रोकेकाले सबै नेवार समुदायलाई आफनो सांस्कृतिक आस्थामाथि कुठराघात भएको महसुस भई अत्यन्त मर्माहित र आन्दोलित बनाएको जनाएको छ।ऐतिहासिक जनआन्दोलनले ल्याएको परिवर्तनपछि राष्ट्र अब संघीय लोकतान्त्रिक गणराज्य घोषित भई आत्मनिर्णयो अधिकार प्राप्त भएको अवस्थामा आदिवासीहरूको भाषा, जाति, संस्कृति र धर्मको उत्थान गर्नुपर्नेमा उल्टै आदिवासी नेवार जातिहरूको सांस्कृतिक परम्परालाई मास्ने प्रयास जननिर्वाचित सरकारका पक्षबाट भएको छ। त्यसप्रति नेवाः देय दबू क्षोभ प्रकट गर्दै घोर भर्त्सना गर्दछ’ -वक्तव्यमा भनिएको छ। सरकारी निर्णयाट आक्रोशित पक्षसित तुरुन्त संवाद गरी समस्या समाधान गर्नेतर्फ ध्यान नदिई आन्दोलित पक्षलाई दमन गरी समस्यालाई बल्झाउँदै आएकोमा नेपाल सरकारलाई समयमै समस्या समाधान गर्न आवश्यक पहलका लागि दबूले जोडदार माग गरेको छ।आन्दोलनरत पक्षलाई पनि संयमित हुन आग्रह गर्दै दबूले आन्दोलित जनताका मागलाई बेवास्ता गरी पुग्न जाने जनधनको क्षति र हानिनोक्सानीको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुन जानेतर्फ सचेत हुँदै प्रशासनिक दमन नगर्न पनि सरकारलाई आग्रह गरेको छ।यसैबीच कुमारी रथयात्रा अवरुद्ध भएकोमा शुक्रबारै क्षमापूजा गरिएको थियो भने इन्द्रजात्रा प्रारम्भ भएको संकेतस्वरूप एक हप्ताअगाडि वसन्तपुरमा ठडयाइएको लिंगो ढाली विधिपूर्वक सो जात्रा समापन गर्ने र राष्ट्रपतिलाई कुमारीको हातबाट टीका लगाउने दिन साइत हेरेर निर्धारण गरिने बताइएको छ।

No comments: